Saturday , December 16 2017
Home / Entertainment / डार्विनमा ६ एकान ६ हाउसफुल, मार्च १५मा ऋतु

डार्विनमा ६ एकान ६ हाउसफुल, मार्च १५मा ऋतु

बासुदेव मरहठ्ठा, डार्विन

अहिलेको सर्बाधिक सफल चलचित्र छ एकान छ गत शनिबार डार्विनमा प्रदर्शन गरिएको छ।  अस्ट्रेलियाकै पहिलो नेपाली अनलाइन रेडियो हाम्रो ईन्टरनेट रेडियोले प्रदर्शन गरेको सो चलचित्र हेर्न २५० भन्दा बढी दर्शक को उपस्थिती थियो। यस अघी सन २०११ मा चलचित्र ” लूट ” को प्रदर्शन गरेको हाम्रो ईन्टरनेट रेडियो ले “छ एकान छ” मा पनि लूट कै हराहारिमा दर्शक ओरालेको बताएको छ। डार्विनकै स्थानिय फूटवल क्लब ” नेप्लिज डार्विन  युनाइटेड  फुटवल क्लब” को सहयोगार्थ परदर्शन गरिएको सो चलचित्र बाट प्राप्त आम्दानी मध्य ९४० डलर क्लब का प्रशिक्षक तथा ब्यवस्थापक हेम पुन लाई हस्तान्तरण गरिएको छ भने बांकी रकम  बाट ” हाम्रो इन्टरनेट रेडियो कल्याणकारी कोष” स्थापना गर्ने जनाएको छ। 6 ekan 6 1

सो चलचित्र प्रदर्शन लाई नेपाली एसोसियसन अफ नर्दन टेरिटोरी, एनआरएनए (एनटी) , द वे एजुकेसन, कडेल ब्रदर्स एन्ड एसोसिएट्स, बुद्ध ट्रावल्स, इन्नोभेटिब एसोसियट्स र एभरेस्ट ग्रोसरिले सहयोग गरेको थियो। हाम्रो इन्टरनेट रेडियो, अस्ट्रेलियामा अनलाइन अडियो र भिडियो प्रसारण को इजाजत पाएको सस्था” हाम्रो इन्टर्यक्टिभ मिडिया” को माताहतमा सन्चालित छ।  photo 6 an6

यसैगरी अस्ट्रेलियामै बनेको चलचित्र “रितु” यही मार्च १५ तारिक डार्विनमा प्रदर्शन गरिनेभएको छ। डार्विनमा सन्चालित नेपाली भाषा तथा संस्कृति कक्षा र खेलकुद कृयाकलापको सहयोगार्थ  एनएएनटीले प्रदर्शन गर्न लागेको सो चलचित्रका निर्देशक मनोज अधिकारि हुन।

६ एकान ६ सिड्नीमा हाउसफुल

हास्य र सामाजिक कथा बोकेको चलचित्रका ६ एकान ६ सिड्नीमा हाउसफुल भएको छ  । हर्सभिलको सिभिक थिएटरमा ६ एकान ६ को शनिवार र आइतवारका शोहरु हाउसफुल भएको हो । अष्ट्रेलियामा यो चलचित्र भित्र्याएको एजुकेसन पार्कका निर्देशक भुपाल सिटौलाका अनुसार तिन दिनमा सिड्नीमा एक हजार भन्दा बढी दर्शकले यो चलचित्र हेरेका छन् । सिड्नीमा अझै दर्शकहरुको माग जारी रहेकाले मार्चको २ र ३ मा पनि थप शोहरु भएको जनाईको छ। सिड्नी बाहेक अष्ट्रेलियका प्रमुख शहरहरुमा चलचित्रको प्रदर्शन अधिकार विक्री भैसकेको सिटौलाले बताए । अधिकांश कलाकारहरु हास्य व्यङ्गय क्षेत्रमा क्रियाशील यो चलचित्रले नेपलमा पनि राम्रो ब्यापार गरेको थियो ।Untitled

Comment