Monday , July 23 2018
Home / Australia / डार्विनमा “सकरात्मक जीवन जिउने तरिका” बिषयक प्रवचन

डार्विनमा “सकरात्मक जीवन जिउने तरिका” बिषयक प्रवचन

Bhante- 2नयाँबर्ष २०७१ सालको भब्य सस्कृतिक कार्यक्रम पछी, नेपाली एसोसियसन अफ नर्दन टेरिटोरिले “सकरात्मक जीवनजिउने तरिका” बिषयक प्रवचन कार्यक्रम गत आईतवार डार्विन कम्युनिटी आर्ट्स को भवनमा आयोजना गर्‍यो। बुद्धजयन्तिको सन्दर्भ पारेर गरिएको सो कार्यक्रममा बौद्द भिक्षु भन्टे आलोक ले बुद्दका जीवनउपयोगी उपदेशहरुको बारेमाप्रवचन दिनु भएको थियो|आलोकले बौद्द धर्म ग्रन्थ सुत्र पिटक मा उल्लेखित बुद्दका उपदेश हरुका बारे बिभिन्न सन्दर्भसहित चर्चा गर्दै राम्रो बचन र कर्मले नै मान्छेलाई सबै भन्दा श्रेष्ठ बनाउने तर्क गर्नु भएको थियो।
वहाँले सत्कर्म र राम्रोव्यबहारका बारे बुद्दले दिनुभएको उपदेश सुनाउनुका साथै सामाजिक जीवन मा मनिसलेआफ्नो मन र बचन मा गर्नु पर्नेनियन्त्रण का बारे पनि चर्चा गर्नु भएको थियो। कार्यक्रम को अन्त्यमा भिक्षु आलोकले सहभागीहरुको जिज्ञासा समाधानगर्नु भएको थियो।१२बर्षकोउमेर देखी बौद्द भिक्षु बन्नुभएका भन्टे आलोक को जन्म काठमाडौं मा भएको हो उनले १४बर्ष श्रिलङ्का मा बसेर बौद्द धर्म का साथै पाली, सस्क्रित, अङ्रेजी र सिंहला भाषा को अध्यन गरी युनिभर्सिटी अफ कोलम्बो बाट इन्टर्नेसनल रिलेशनमा ग्र्यजुयट गर्नु भएको छ।
कार्यक्रममा अस्ट्रेलियाको नेपाली समुदायकी अगुवा ईन्द्रा बन, इरा कोइराला, दामन कोइराला र क्याथरिन बाटआउनुभएका इश्वर बज्रचार्य अतिथी हुनुहुन्थ्यो भने एनएएनटीका एनआरएन सङ्योजक निरज गुरुङ्ले बौद्द भिक्षु आलोकको सन्छिप्त परिचय दिनुभएको थियो।

Comment