Tuesday , December 12 2017
Home / Australia / डार्विनमा विद्युत आपुर्ती बन्द जनजीवन प्रभावित

डार्विनमा विद्युत आपुर्ती बन्द जनजीवन प्रभावित

डार्विन र आसपासको क्षेत्रमा विद्युत आपुर्ति बन्द भएकोले सम्पूर्ण सार्वजनिक सेवा बन्द भएको छ । शैक्षिक संस्थाहरु, सरकारी कार्यालयहरु र ट्राफिक लाइट विद्युत अभावका कारण बन्द भएका छन् ।

राज्य सरकारले हस्टन क्रिक पावर सब स्टेसनमा प्राविधिक समश्या आएकोले विद्युत आपुर्ति बन्द भएको जनाएको छ । सवारि चालकलाई सावधानी अपनाउन सरकरले अग्रह गरेको छ । विहान एक बजे बन्द भएको विद्युत आपुर्ति सुचारु हुन अभै केही घण्टा लाग्ने बताइएको छ । गर्मी मौसम भएकोले उर्जा नहुंदा जनजीवन प्रभावित हुंदै गएको बताइएको छ ।

अस्पताल र विमानस्थलहरुमा जेनरेटरबाट विद्युत आपुर्ति भैरहेको छ ।

Comment