Thursday , December 14 2017
Home / Article / डार्विनमा फस्टाउदो नेपालीको ब्यवसाय

डार्विनमा फस्टाउदो नेपालीको ब्यवसाय

बासुदेव मरहठ्ठा डार्विन/ एक समय थियो डार्विनमा एक जना नेपाली झर्दा पनि स्वागत हुन्थ्यो र सबैको आपसमा चिनजान हुन्थ्यो। सन २००९ सम्म पनि अत्यन्तै सानो संख्यामा नेपालीहरु बसोबास गरेको यो शहरमा सन २०१० पछी डार्विन आउनेको ग्राफ उकालो लाग्न थाल्यो। सन २०११ पछी त झन बढ्ने क्रम रोकिदै रोकिएन।thai2 (1)

अस्ट्रेलियाको आप्रवास निती अप्ठेरो बन्दै जानुले डार्विनलाई अवसरको शहर बनाएकाहरु समय बित्दै जादा सोच पनि परिवर्तन गर्न थालेका छन यही स्थाई रुपमा बस्नका लागि। डार्विनमा नेपाली हरुको बसाइको ईतिहास लामो छैन, झन विद्यार्थी त सन २००६ देखी मात्र आउन थालेको पाईन्छ, अझै पनि यहाँ बाट अन्य स्टेटमा बसोबास गर्न जाने हरुको संख्या भने रोकिएको छैन तर अहिले आउने को संख्याले जाने हरुको संख्यालाई निक्कै काम बनाइदिएको छ। एक समय यहाँ स्थाइ रुपमा बस्नै सोच्न पर्ने ठाउँमा अब चाँही नेपाली हरु ब्यवसायमा सङ्लग्न पनि हुन थालेका छन। हिजो अवसर को खोजिमा डार्विन झरेका हरुनै आज यहाँ ब्यवसायिको परिचय बनाउदै छन त्यसमध्ये अधिकांस नेपालीहरु सिड्निबाट आएका हुन। सन १९९५ मा नर्दन टेरिटोरी सरकार को  इलेक्ट्रोनिक इन्जिनियर पदमा रहेर काम गर्न डार्विन आएका रबिन्द्र श्रेष्ठले छोराको करमा एउटा रेस्टुरेन्ट किने सन २०११मा यो नेपालीको स्वमित्वमा रहेको पहिलो ब्यवसाय थियो।

यसैगरी सन २०१० मा सिड्निमा हेयर ड्रेसिङ सकेर स्थाइ बसोबास का लागि डार्विन आएकी सरु सापकोटा अहिले सनसिल हेयर डिजाइन खोलेर बसेकी छिन। सिड्निबाटै आएकी  अनु पाण्डे खनिया र शिव खनिया को नेपाली ग्रोसरी सप छ भने नर्दन टेरिटोरी सरकारको सातौ तहमा रहेर काम गरिरहेका शम्भु कडेल ले पनि ब्यवसायमा पक्कै केही देखे र भर्खरै केबीए (कडेल ब्रदर्स एन्ड एसोसियट्स) मार्फत एजुकेसन र माइग्रेसन ब्यवसायमा हात हालेका छन। चार जना स्टाफ राखेर बसेका उनी भन्छन, ” यो कम्पनी मार्फत एकाउन्टिङ र प्रपर्टिको ब्यवसायमा पनि हात हाल्ने योजना छ।”

रेस्टुरेन्ट ब्यवसाय:

अस्ट्रेलियाका अन्य शहरमा जस्तो लगानिका हिसाबले डार्विनको रेस्टुरेन्ट ब्यवसाय त्यती सुरक्षित मानिदैन। डार्विनको मौसम ट्रपिकल भएकोले यहाँ बर्षात ( वेट सिजन) मा रेस्टुरेन्ट भने जस्तो चल्दैन र साना क्याफे, रेस्टुरेन्ट त अझ बन्दै गर्न पर्ने हुन्छ। तै पनि छोरा को करले गर्दा रबिन्द्र श्रेष्ठ ले सन २०११ मा एउटा थाइ रेस्टुरेन्ट किने ” थाइलिसियस”। डार्विनको मुटुमै रहेको यो रेस्टुरेन्ट १५० सिट क्षमताको छ भने यसले टेक वे र होम डेलिभरी को सुबिधा पनि दिएको छ। सोमबार देखी शनिबार सम्म मात्र डिनरका लागि खुल्ने यो रेस्टुरेन्ट लाई रोमल ले निक्कै सफल बनाए र भर्खरै ६० सिट क्षमता को ब्याम्बो रेस्टुरेन्ट सन्चालन मा ल्याएका छन।

Thailicious & Bamboo Resturant

हस्पिटालिटी ब्यवसाय लाई आफ्नो प्यसन बनाएका २८ बर्शिय रोमल भन्छन, “यो पेशामा कडा मेहनत पनि गर्नुपर्छ र रमाइलो पनि त्यतिकै छ।” एशियन र वेष्टरन फुड को स्वद दिने ब्यम्बो रेस्टुरेन्ट आईतवार बाहेक सबै दिन बिहान सात देखी साझ ९ बजे सम्म खुल्छ। अहिले दुवै  रेस्टुरेन्ट हेरिरहेका रोमल सँग १२ जना सेफ कुक र १५ जना जती फ्रन्ट स्टाफ रहेका छन।

हेयर ड्रेसिङ:

 सन २०११ को जनवरिमा सनसिल हेयर डिजाइन खोल्दा कस्तो हुने हो ? भन्ने डर थियो सरु सापकोटा लाई तर पनि आफुले पढेको बिषयमा हात हाल्न उनलाई कसैले रोकेन। सिड्नी बाट सन २०१० मा डार्विन आएकी सरु डार्विन नै बस्छु भन्ने सोचले ब्यवसाय सुरु गरेकी थीइनन। काम बाट नै राम्रो आम्दानी गर्न सकिने डार्विन मा उनलाई आफ्नो सिपनै प्रयोग गरेर खाने रहर बढ्यो र सानै लगानी बाट सुरु गरेको उनको ब्यवसाय ले अहिले राम्रो गरिरहेको छ। काम र ब्यावसाय को फरक लाई राम्रो सँग बुझेकी सरुले अहिले अन्य स्टाफ सेमेत राखेर काम गर्दै छिन।

एभरेस्ट ग्रोसरी:

नेपाली र इन्डियनहरुको संख्या बड्दै गैरहेको बेला डार्विनमा एउटा नेपाली तथा इन्डियन ग्रोसरी खोल्ने मन भयो अनु पाण्डे खनिया र शिव खनिया लाई। उनिहरु भर्खर डार्विन आएका थिए, नयाँ ठाउमा निस्चित समुदायका लागि मात्र लक्षित ग्रोसरी पसल खोल्नु कम्ती चुनौती थिएन तर पनि यो काम मा उनी हरु सफल भए।

Everest Groceryनेपाली, भारतीय, बङलादेसी, श्रीलंकनहरु ग्राहक रहेको एभरेष्ट ग्रोसरिका प्रोप्राइटर शिव र अनु अब रेस्टुरेन्ट ब्यवसाय पनि गर्न खोजीरहेका छन। डार्विन्को प्राइम लोकेसनमा रहेको यो ब्यवसाय बाट खनिया दम्पती सन्तुस्टनै छन र भविश्यमा अर्को ब्यवसाय गर्न लागेको बताउछन।

कडेल ब्रदर्स एन्ड एसोसियटस:

यो डार्विनको नेपाली स्वामित्व को कान्छो तर लार्ज स्केल को ब्यवसाय हो। माइग्रेसन, एजुकेसन, प्रपर्टी र अकाउन्टिङ मा समेत हात हालेर केबीए को प्रोजेक्टलाई महत्वकांक्षी  बनाउदै छन ब्याबसायी सम्भु कडेल। शम्भु को प्रोजेक्ट त महत्वकांक्षी  छदै छ उनी आँफै पनि महत्वकांक्षी छन। नेपाल र पर्थ मा शाखा खोली सकेको केबिए ग्रुप को शाखा बिस्तार कडेलले यही जनवरी बाट दक्षिण अफ्रिका मा पनि गर्दै छन भने सिड्नी र मेल्बर्न मा पनि शाखा खोल्ने तयारी मा छन। नर्दन टेरिटोरी सरकार को सिनियर आइसिटी अफिसर को रुपमा सातौ तहमा बसेर काम गर्दै आएका शम्भु कडेल ब्यवसायमा पाका भने हैनन तर पनि वार्षिक एकलाख भन्दा माथिको जागिर छोडेर उनले सुरु गरेको ब्यवसायलाई भने डार्विनका सबै नेपालीहरुले चासोका साथ हेरेका छन। पहिले देखी माइग्रेसन र एजुकेसन का सन्दर्भमा घर बाटै परामर्श दिदै आएका उनले यसैबर्ष बाट औपचारिक रुपमा ब्यवसाय सन्चालन मा ल्याएका हुन। कडेल को नयाँ परिचय भनेको माइग्रेसन एजेन्ट हो । उनको कम्पनिले यहाँ को नेपाली समुदायमा हुने बिभिन्न कार्यक्रम हरुलाई प्रायोजन पनि गर्दै आएको छ।

डार्विनमा औपचारिक रुपमा शुरुभएका ब्यवसाय हरु यतीनै भएपनि अब ब्यवसाय गर्ने सोचमा भने धेरै छन। ब्यवसायका लागि केही यो ठाउँ बाट अन्यत्र जानु पर्ने सोच राख्छन भने केही यही सुरु गर्ने योजना मा पनि छन। एनआरएन डार्विनका सङ्योजक  प्रकाश आचार्य पनि गोलकोस्टको एउटा रेस्टुरेन्ट ब्यवसाय सँग सङ्लग्न छन भने केही ब्यक्तीहरु सिड्निमा रहेको नेपाली ब्यवसाय सँग मिलेर सानो स्केल को ब्यवसाय सुरु गरिरहेका छन।

जेहोस् नेपालीहरुको संख्या बढे सँगै डार्विनमा आफुलाई ब्यावसायीका रुपमा स्थापित गर्ने हरुको सोच पनि बड्दै गएको पछील्लो लगानिले देखाउछ। यसले  गर्दा डार्विनमा बस्ने नेपाली हरुको संख्या पनि पछील्लो समय स्थिर बन्दै गइरहेको छ

One comment

  1. छोटो समयमा डार्विनका नेपालीको प्रगति देखेर खुशी लाग्यो ।

Comment