Tuesday , December 12 2017
Home / Australia / डार्विनमा तमु ल्होसार मनाइयो (फोटो फिचर)

डार्विनमा तमु ल्होसार मनाइयो (फोटो फिचर)

बासुदेव मरहट्टा, डार्विन/ गुरुङ समुदायको नयाँ बर्ष (तमु ल्होसार) गुरुङ समाज डार्विनले खेलकुद तथा बिबिध सास्कृतिक कार्यक्रम को आयोजना गरी मनाएको छ। यही डिसेम्बर २८ तारिक शनिबार डार्विन कम्युनिटी आर्ट्स को हलमा भएको कार्यक्रममा डार्विनमा रहेका तमु र अन्य नेपालीहरु पनि ठुलै संख्यामा सहभागी भएको कार्यक्रमका सङ्योजक सन्जीत गुरुङले बताएका छन।

IMG_9003कार्यक्रममा उपस्थित अधिकाङ्श तमु समुदाय आफ्नै पहिरनमा आएका थिए जसमा महिलाहरुले गुन्यु, चोलो र घलेक लगाएका थिए भने पुरुष हरुले भङ्रा, भोटो र कछाड लगाएका थिए। दुई अग्रज तमु महिलाहरु बाट बुध्दको प्रतिमा स्थापना गरी पानसमा दियो बालेर उद्घाटन गरिएको कार्यक्रममा सर्पबर्गको बिदाइ र घोडाबर्ग को स्वागतका लागि प्रार्थना समेत गरिएको थियो।

IMG_8871 (1)झन्डै १५० भन्दा बढी नेपालीहरुको उपस्थिती रहेको कार्यक्रममा निरज गुरुङ ले स्वागत मन्तब्य राखेका थिए भने चन्द्र प्रकाश गुरुङ र धनसिङ गुरुङ ले सास्कृतिक कार्यक्रमको सन्चालन गरेका थिए। झन्डैपाच घण्टा सम्म चलेको कार्यक्रममा गुरुङ गीत संगीत र नृत्य का साथै नेपाली एसोसियसन अफ नर्दन टेरिटोरी ब्यान्डले पनि आफ्नो प्रस्तुती दिएको थियो।

IMG_8948कार्यक्रमलाई अझै रोमान्चक बनाउन रसी तान्ने, घैटो फुटाउने र महिला हरुका लागि पेनाल्टी शुट आउट र तातो आलु पनि खेलाइएको थियो। प्रतियोगितामा घैटो फुटाउने तर्फ आकाश श्रेष्ठ , पेनाल्टी शुटआउट तर्फ शशिकला गुरुङ र म्युजिकल तातो आलु तर्फ संगीता जोशी बिजेता बनेका छन। कार्यक्रम को सबै भन्दा रोमान्चक रहेको रसी तान्ने खेलमा भने डार्विन विवाहित समुह ले अविवाहित लाई ३-० ले हरायो। तमु समाज डार्विनले आयोजना गरेको तमु ल्होसार का सहयोगीहरु नेपाली एसोसियसन अफ नर्दन टेरिटोरी र एनआरएन नर्दन टेरिटोरी रहेका थिए।IMG_8785 (1)

नेपाली क्यलेन्डर अनुसार तमु ल्होसार पौष पन्ध्रमा पर्ने गर्छ, यो दिन नेपाल सरकारले सार्वजनिक बिदा पनि दिदै आएको छ। परम्परा र संस्कृतिमा निक्कै धनी गुरुङ समुदायले रोदिघर, चुट्का, सोरठी, घाटु, दोहोरीलाई नेपाली संस्कृतिमा प्रवेश गराएको पाईन्छ।IMG_9024IMG_8933IMG_4787IMG_4815

Comment