Friday , December 15 2017
Home / Featured News / ट्वान्टी २० विश्वकप अभ्यास खेलमा नेपाल पाँच विकेटले पराजित

ट्वान्टी २० विश्वकप अभ्यास खेलमा नेपाल पाँच विकेटले पराजित

बंगलादेश– ट्वान्टी २० विश्वकप क्रिकेटको अभ्यास खेलमा नेपाल आयरल्यान्डसँग पाँच विकेटले पराजित भएको छ। फतुल्लाह क्रिकेट मैदानमा बुधबार साँझ भएको खेलमा नेपालले प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य आयरल्यान्डले पाँच बल बाँकी छँदै पूरा गरेको हो।
0d3c7d1d8b2a2ddc3afa4a73e3b5c44a_L 
टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि सुरुवात सुखद् हुन सकेन। ओपनर सागर पुन ६ रनको व्यक्तिगत स्कोरमा आउट भए भने टिमको स्कोर १६ हुँदा सुवास खकुरेल आउट भए। तेस्रो विकेटका लागि कप्तान पारस खड्का र ज्ञानेन्द्र मलले ५५ रनको साझेदारी गरेका थिए। पारस ३१ रनको व्यक्तिगत स्कोरमा आउट भए भने मल्लले ४७ रन जोडेका थिए।
जवाफी ब्याटिङमा उत्रिएको आयरल्यान्डले राम्रो सुरुवात गर्‍यो। उसका लागि ओपचर विलियम पोर्टरफिल्डले सर्वाधिक ३८ रन बनाए। आयरल्यान्डका लागि अन्तिम दुई ओभरमा १९ रन आवश्यक भएका बेला बलिङमा आएका शक्ति गौचन १८ रन दिएका थिए।

 

Comment