Friday , December 15 2017
Home / Featured News / जर्मनी र ब्राजिल सेमीफाइनलमा

जर्मनी र ब्राजिल सेमीफाइनलमा

ब्राजिल/कोलम्बियालाई हराउँदै आयोजक ब्राजिल सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार बिहान भएको खेलमा कोलम्बियालाई २-१ गोलले पराजित गर्दै पाँच पटकको विश्‍वकप विजेता ब्राजिलले सेमिफाइनल यात्रा सुरक्षित गरेको हो।  ब्राजिलका लागि ७औं मिनेटमै कप्तान सिल्भाले गोल गर्दै अग्रता दिलाए। ६९औं मिनेटमा डेभिड लुइसले फ्रिककबाट आकर्षक गोल गर्दै टिमलाई २-० गोलले अग्रता दिलाए। डिबक्स बाहिर पाएको फ्रिकिकलाई लुइसले गोलमा परिणत गरेका थिए।

कोलम्बियाका लागि सन्त्वाना गोल जेम्स रोड्रिग्वेजले गरे। ८०औं मिनेटमा पाएको पेनाल्टीलाई जेम्सले गोलमा परिणत गरेका थिए। यो गोलसँगै जारी विश्वकपमा उनले आफ्नो नाममा छैटौं गोल दर्ता गराएका छन।article-2274561-17631B82000005DC-305_634x419

यसैगरीविश्वकपका दुई पूर्वविजेताबीचको खेलमा जर्मनीले बाजी मार्दै शुक्रबार लगातार चौथो पटक विश्वकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ। चौथो पटक विश्वकपको उपाधि जित्ने लक्ष्यका साथ ब्राजिल आएको जर्मनीले एक पटकको पूर्व विजेतालाई १–० को अन्तरमा हरायो। जर्मनीको जितमा माट हुमेल्सले पहिलो हाफमा गोल गरेका थिए। टोनी क्रुसको फ्रि–किकमा हुमेल्सले हेड गोल गर्दै जर्मनीलाई १३ औं मिनेटमा अग्रता दिलाएका थिए।
पहिलो हाफमै फ्रान्सले खेलमा फर्कने दुई सुनौलो अवसर पाएको थियो। तर जर्मनीका गोलकिपर म्यानुअल नुयुरले विपक्षीका दुवै प्रहार असफल पारे। मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा पाउल पोग्बाको लामो क्रस नियन्त्रणमा लिँदै करिम बेन्जेमाले एक विपक्षी रक्षक छलाएर गरेको कडा प्रहार नुयुरले जोगाएका थिए। यसअघि ३४ औं मिनेटमा म्याथु भाल्बुइनाको सट नुयुरले मुश्किलले जोगाएका थिए। नुयुरले फर्काएको बल ६ यार्ड बक्सभित्र रहेका स्टार फरवार्ड करिम बेन्जेमाले प्रहार गर्दा विपक्षी रक्षकको खुट्टामा लागेर बाहिरिँदा जर्मनीको अग्रता कायम रहेको थियो।
जर्मनीका मिरोस्लाभ क्लोजले पनि दुई पटक गोलका लागि पाएको राम्रो मौका फ्रा्रन्सका रक्षक प्याट्रिस इभ्राले असफल पारे। जारी विश्वकपमा पहिलो पटक पहिलो रोजाइमा परेका कीर्तिमानी स्ट्राइकर क्लोजलाई दुवै पटक इभ्राले असफल पारेका थिए। जारी विश्वकपको समूह चरणमा घानासँग २–२ को बराबरी नतिजा निकालेको खेलमा गोल गरेर क्लोजले विश्वकपमा सर्बाधिक गोल गर्ने सर्बकालिन उच्च स्ट्राइकरको कीर्तिमानमा ब्राजिलका रोनाल्डोसँग बराबरी गरेका छन्। दुवैको कुल विश्वकप गोलशंख्या समान १५ पुगेको छ। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्याँस लिइसकेका छन्।
दोस्रो हाफमा पनि फ्रान्सले पुनरागमन प्रयास जारी राख्यो। ६० औं मिनेटमा योहान काबायेको क्रसमा राफेल भारानेले पेनाल्टी बक्स भित्रबाट गरेको हेड नुयुरले जोगाए। यसैगरी ७६ औं मिनेटमा बेन्जेमाको प्रहार हुमल्सले रोके भने लगत्तै इभ्राको प्रहार नुयुरले फर्काएर जर्मनीको विजय आधार जोगाइराखे।
उता क्लोजलाई स्थानान्तरण गर्दै ६९ औं मिनेटमा मैदान प्रवेश गरेका आन्द्रे सुरलले अन्तिम २० मिनेटमा गोलका तीन राम्रा मौका पाए पनि सफल भएनन्। ७४ औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार फ्रान्सेली गोलकिपर हुगो लोरिसले जोगाएपछि जर्मनी अग्रता दोव्वर पार्नबाट चुकेको थियो। समय सकिन आठ मिनेट बाँकी रहँदा काउन्टर अट्याकमा प्राप्त अर्को उत्कृष्ट मुभमा पनि सुरल गोल गर्नबाट चुके। मेसुट ओजिलको क्रसमा विपक्षी पेनाल्टी बक्सभित्र कसैको निगरानीमा नरहेका सुरलले गरेको प्रहार लोरिसलाई छिचोल्न सफल भएन।
त्यस्तै समय सकिन तीन मिनेट बाँकी रहँदा काउन्टर अट्याकमा थोमस मुलरको पासमा सुरलले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार विपक्षी रक्षकले जोगाए।
अन्तिम समयमा विपक्षीमाथि निकै दबाव सिर्जना गरेको फ्रान्सका बेन्जेमाले समय सकिन ३० सेकेन्ड बाँकी रहँदा नजिकबाट प्रहार गरेको बल नुयुरले जोगाएर रोमाञ्चक क्वार्टर फाइनलको क्लाइमेक्स जर्मनीको पक्षमा पारेका थिए।
जर्मनी २००२ यताका सबै विश्वकपमा लगातार सेमिफाइनल पुग्दै आएको छ। २००२ मा उपविजेता भएको टोली २००६ र २०१० मा तेस्रो भएको थियो। फ्रान्स भने १९९८ मा घरमै गरेको प्रतियोगिता जितेपछि २००६ मा जर्मनीमा भएको संस्करणको फाइनल पुगेको थियो। जहाँ टोली टाई–ब्रेकरमा इटालीसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। २००२ र २०१० मा टोली समूह चरणबाटै घर फर्किएको थियो।

 

Comment