Thursday , December 14 2017
Home / Featured News / नेपाल जर्नी टु वर्ल्डकपको फाइनलमा

नेपाल जर्नी टु वर्ल्डकपको फाइनलमा

काठमाडौंमा चलिरहेको जर्नी टु वर्ल्डकप  प्रतियोगितामा नेपालले सिंगापुरमाथि २२७ रनको जीत हात पारेको छ । २१ मंसीरमा सिंगापुरलाई ८६ रनमा समेट्दै नेपालले प्रतियोगिताको फाइनल यात्रा तय गरेको छ हो ।

नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको सिंगापुर १७ दशमलव १ ओभरमा अलआउट भयो । नेपाली बलर सामु सिंगापुरका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् ।

घातक बलिङ गर्ने क्रममा नेपालका सामेपाल कामी र राजकुमार प्रधानले तीन–तीन विकेट लिए । वसन्त रेग्मी र जितेन्द्र मुखियाले दुई–दुई विकेट झारे ।

किर्तिपुर खेल मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभरको खेलमा ५ विकेटको क्षतिमा ३१३ रन जोडेको थियो । नेपालका शरद भेषवाकरले नटआउट रहँदै ५० बलमा ९१ रन बनाए । सुवास खकुरेलले ७५, अनिल मण्डल ५८ र ज्ञानेन्द्र मल्लले ४५ रनको योगदान गरे ।

२१ मंसीरको जीतसँगै नेपालले सिंगापुरलाई चार वटै भेटमा हराएको छ । अर्को महिना न्यूजील्याण्डमा हुने एक दिवसीय विश्वकप छनोटको अभ्यासका लागि प्रतियोगिता आयोजना गरिएको हो ।

नेपालले आज एयर इंडियासँग आज फाइनल खेल खेल्दै छ |

प्रतक्ष्य प्रशारण हेर्नको लागि क्लिक गर्नुहोस 

 

Comment