Saturday , December 16 2017
Home / Featured News / जब पन्चायतले नै सुनायो सामुहिक बलात्कार गर्ने फैसला

जब पन्चायतले नै सुनायो सामुहिक बलात्कार गर्ने फैसला

यो घटना हो एसियाको महाशक्तिको रुपमा उदाउदै गरेको भारतको घटना | एउटी बिस बर्षिय महिलालाई प्रेम गरेकै निहुँमा गाउँको पन्चायतले सामुहिक बलात्कार गर्ने फैसला सुनाएको हो | उनलाई करिब १० जना भन्दा बढी पुरुषले सामुहिक बलात्कार गरे | यो घटना कोलकाताभन्दा २०० किलोमिटर पर अवस्थित सुबलपुर गाउँमा घटेको हो | सुबलपुर गाउँ बिर्भुम जिल्लामा पर्दछ जुन भारतका राष्ट्रपति प्रणब मुखर्जी जिल्ला हो |

पिडित महिलाको आफ्नो समुदायभन्दा बाहिरको युबकसँग बिगत पांच बर्ष देखि प्रेम रहेको थियो| ती युवक गत सोमबार बिहेको प्रस्ताव लिएर किशोरीको घर आएपछि उनीहरुको प्रेमसम्बन्धबारे गाउँलेले थाहा पाएका थिए। त्यसपछि गाउँमा सलिशी सभा अर्थात पञ्चायत बस्यो। पञ्चायतमा छलफल चलुञ्जेल किशोरी र युवक दुवैलाई हात बाँधेर उपस्थित गराइएको थियो। पहिले युवतीलाई रु ५०,००० को जरिवाना तिराउने निर्णय भएको थियो | तर युबतिको परिवारले जरिवाना रकम तिर्न नसक्ने बताएपछि युबतिमाथि सामुहिक बलात्कार गर्ने निर्णय सुनाइएको थियो |

“मलाई कतिजनाले जनाले बलात्कार गरे थाहा छैन | तिनीहरु पाँचजना भन्दा बढी थिए | दशजना भन्दा पनि बढी पनि हुन सक्छन |” पिडित महिलाले उपचारको क्रममा प्रहरी तथा पत्रकारलाई जानकारी दिइन | उनको अहिले सुरी सदर अस्पतालमा उपचार भइरहेको छ |

उनि र उनको प्रेमीलाई दिनभरिनै पन्चायतले बाधेर राखेको थियो र रातमा उनको सामुहिक बलात्कार भएको थियो |

“त्यो एकदम भयानक थियो | तिनीहरु (बलात्कारी) सबै मेरा छिमेकी नै थिए कसैलाई म काका भन्थे, कसैलाई दाजु त कसैलाई भाइ भन्ने गर्थे | हामीले जरिवाना तिर्न नसक्ने बताएपछि मुखियाले उपस्थित सबैजनालाई यो केटीसँग मोज गर्न तिमीहरुलाई छुट छ भनेर आदेश दिए त्यसपछि मुखिया समेत अन्य व्यक्तिले रातभरी मेरो बलात्कार गरे |” युवतीले सुनाइन |

उक्त घटना मंगलबार घटेको थियो र बुधबार नै उनको परिवारले प्रहरीमा उजुरी गरेको थियो |तत्पश्चात प्रहरीले गाउँमा छापा मार्दै तत्कालै बलात्कारमा संलग्न गाउँ पन्चायतका मुखिया सुनील सोरेन समेत अन्य पांचलाई पक्रेको थियो | अन्य पीडकलाई खोज्ने क्रममा केहि गाउँलेले प्रहरीको प्रतिकार गरेकाले प्रहरीले थप सुरक्षाबल पठाएको थियो |

कोलकातामा एक फिटनेस सेन्टरमा कार्यरत महिलाको सामुहिक बलात्कार भएको तीन दिनपछि फेरी अर्को घटना भएपछी मुख्यमन्त्री ममता बनर्जी स्वयम् महिला भइकन महिलाको सुरक्षाको निम्ति केहि गर्न नसकेको भन्ने प्रश्न उठेको छ |

Comment