Saturday , December 16 2017
Home / Australia / जन्मभूमीलाई सम्झाउँने महायात्रा (फोटो फिचर)

जन्मभूमीलाई सम्झाउँने महायात्रा (फोटो फिचर)

चर्चति कलाकार हाँस्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य “महयात्रा २०१४” को सिलसिलामा यतिबेला अष्ट्रेलियामा छन् ।
अष्ट्रेलियामा बस्ने नेपालीलाई मनोरञ्जनमार्फत जन्मभूमि सम्झाउने उद्देश्यले सोलाङचरले आयोजना गरेको कार्यक्रममा उनीहरु अष्ट्रेलियाको बिभिन्न शहरमा पुग्नेछन् । उनीहरुसँगै अरु कलाकार बसुन्धरा भुषाल, किरण केसी, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, कुन्ती मोक्तान र मोहित आचार्य पनि अस्ट्रेलिया यात्रामा छन् ।

1503430_281878011964682_1709794575_n

महयात्रा गएको शनिबार अष्ट्रेलियाको पर्थबाट सुरु भैसकेको छ । पर्थ र एडिलेड शहरमा सफलताका साथ कार्यक्रम सफल भैसकेका छन् । दुबै कार्यक्रममा अपेक्षा गरे भन्दा धेरै दर्शकको सहभागिता रहेको थियो । आयोजकका अनुसार पर्थमा करिब ६ सय र एडिलेडमा ७ सय ५० भन्दा बढी नेपाली दर्शकहरुको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा महजोडीले समसामयिक बिषयवस्तुमा व्यङ्ग गर्दै तयार पारेको “नेवार बहादुर बाहुन बहादुर” ले धेरैको ताली पाएको थियो । “लण्डन एयरपोर्ट” र “म डनको स्टुडियो” नामक प्रहसन प्रस्तुत गरेका थिए । प्रहसन हेर्दा दर्शकहरु पेट मिचि मिचि हाँसेका थिए । स्टेज र पर्दामा थरिथरिका भूमिका निर्वाह गरिसकेका महले अष्ट्रेलियामा जातीय एकताको सन्देश दिनेगरी यी प्रहसन प्रस्तुत गरेका थिए ।1526312_281879545297862_922573116_n
त्यसैगरी शिवहरि पौडेल र किरण केसीको प्रहसन “खिचडी” ले समेत नेपाली दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएको थियो । गायिका कुन्ति मोक्तानले आधा दर्जन जति गीत गाएकी थिइन ।

आयोजकका अनुसार मह यात्रा जनवरी २५ मा क्यानबेरा, २७ मा मेलबर्न, २९ मा गोल्डकोष्ट, फेब्रअरी १ मा ब्रिसबन र फेब्रअरी २ तारिखमा सिड्नीमा सम्पन्न हुँदैछ । फोटो स्रोत पर्थ नेपाल1604898_281879278631222_490203315_n1525149_281877378631412_1005272836_n

Comment