Friday , December 15 2017
Home / World / जगदगुरु कृपालु महाराजको निधन

जगदगुरु कृपालु महाराजको निधन

56९१ बर्षिय जगद्गुरु कृपालु महाराजको शुक्रबार बिहान ७ बजेर ५ मिनेटमा फोर्टिस अस्पतालमा निधन भएको छ | उनको अन्तिम संस्कार सोमबार बिहान ११ बजे हुनेछ |

सोमवार मनगढ़ आश्रमको बाथरूममा चिप्लेर लडेका कारण कृपालु महाराजको टाउकोमा गंभीर चोट लागेको थियो । गम्भीर स्थितिमा उनलाई इलाहबाद बाट फोर्टिस अस्पताल ल्याइएको थियो । मंगलवार जगद्गुरुको टाउकोको  सर्जरी भएपनि उनको स्वास्थमा कुनै सुधार आउन सकेको थिएन| कृपालु महाराजको देहावसान भएको खबर सुने पछि धेरै संख्यामा उनका भक्तहरु अस्पताल पुगे । लखनउ नजिकै रहेको मनगढ़ धाममा आफ्नो गुरुको अन्तिम झलक हेर्नलाई हजारौंको संख्यामा भक्तहरुको उपस्थिति छ | कृपालु महाराजको कुल संपत्ति लगभग दस हजार करोड़ भारतिय रुपैया जति छ । भारत, नेपाल, अमेरिका तथा सिंगापुरमा उनको भव्य आश्रम छ |

Comment