Friday , December 15 2017
Home / Entertainment / छुट्टिए आफ्नी प्रेमिकासँग सेन वार्न

छुट्टिए आफ्नी प्रेमिकासँग सेन वार्न

senwarhurleyसधैं विभिन्न कारणले चर्चामा आइरहने पुर्वक्रिकेटर सेन वार्न अन्तत आफ्नी प्रेमिका लिज हर्ले सँग छुटिएको घोषणा गरेका छन् | बेलायतकि ४८ बर्षिय लिज हर्ले पेशाले पुर्व मोडल तथा फेसन उद्द्यमी हुन् |

सन् २०१० देखि सम्बन्धमा रहेका यी दुइक सन् २०११ को सेप्टेम्बरमा इन्गेजमेन्ट भएको थियो |यी दुइको कार्य व्यस्तता र वार्नको पुन आफ्नी पुर्व श्रीमती सँगको सामिप्याताले यी दुइको सम्बन्धमा निकै उतारचढाब आएको विभिन्न श्रोतले दाबि गरेपनि सेन र लिजले कुनै प्रतिक्रिया दिएका थिएनन् |

सेन वार्नले हिजो बिगतलाई विगतमै रहन दिनुपर्छ नत्र यसले भविष्य बिगार्छ, जीवनले भोलि के दिन्छ त्यसको लागि बाच्न पर्छ न कि हिजो के भयो भन्दै ट्वीट गरेका छन् |

सेन वार्न हाल एसेज शृंखलाको लागि अस्ट्रेलियामा मै रहेका छन् | उनि आफ्नो परिवार र पुर्व श्रीमतीसँग क्रिसमस मनाउने छन् भने एलिजाबेथ हर्ले आफ्नो छोरासँग बेलायत स्थित घरमा क्रिसमस मनाउने छिन | हेर्फोर्डशायर, बेलायत स्थित १३ कोठे घर यी जोडीले १० मिलियन डलर हालेर किनेका थिए |

Comment