Thursday , December 14 2017
Home / Featured News / छानविन समिति माग वहियात : माधब कुमार नेपाल – अन्नपुर्ण पोष्ट

छानविन समिति माग वहियात : माधब कुमार नेपाल – अन्नपुर्ण पोष्ट

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभाको निर्वाचनमा धाँधली भएको र त्यसको छानविन गर्न उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने एमाओवादीको माग वहियात भएको बताएका छन् । गृह जिल्ला रौतहट सदरमुकाम गौर आएका वरिष्ठ नेता नेपालले एमाओवादीले चाहे जस्तै समिति नबन्ने स्पष्ट पारे ।

संविधान बनाउन काँग्रेस र एमालेलाई नेपाली जनताले जनमत दिएकोले त्यो माथि प्रश्नचिन्ह खडा गर्नु संविधान निर्माण कार्यमा बाधा खडा गर्नु रहेको उनले बताए ।

गौर नगरपालिका वडाऔ- ३ स्थित दलित बस्तीमा कम्बल बाँड्दै नेता नेपालले दलहरुबीच सहमति आवश्यक भएको बताए । निर्धारित समय भित्र सहमति कायम गरी नयाँ सरकार गठन गर्नतर्फ सबै दलहरु लाग्नुपर्नेमा उनले जोड दिए ।

‘निर्वाचनमा धाँधली भयो भनेर उच्चस्तरीय छानविन समिति बनाउने कुरै आएन । संविधानसभा भित्र उक्त कुरा बारेमा छलफल गर्न सकिन्छ,’ नेता नेपालले भने, ‘निर्वाचन प्रणालिमा सुधारका लागि केही गर्नु पर्ने भए त्यसका लागि भने हामी तयार छौं ।’

एमाओवादीलाई पनि समेटन सक्ने उपायको खोजी भइरहेको उनले बताए ।

एमाओवादी तथा अन्य केहीले धाँधलीका विषयमा संवैधानिक अदालतमा उजुरी गरेकाले आवश्यक छानबिन र कानून बमोजिम फैसला हुने उनको विश्वास छ । समानुपातिकतर्फको नामावली पठाउने म्याद अन्तिम म्याद १० गतेसम्म थपिएकोले त्यसपछि संसदको स्वरुप प्रष्ट भइसक्ने बताउँदै नेपालले चाडै नै संसदको पहिलो बैठक बस्ने पनि जानकारी दिए ।

एमालेले पनि आफ्नो समानुपातिक संख्याका लागि सभासद चयन गरिसकेको र १० गते पछि कुनै पनि हालतमा नामावलिका लागि म्याद नथपिने कुरा उनले बताए । अहिले नेपाली कांग्रेस र एमालेको काँधमा गम्भीर जिम्मेवारी आएकोले देशको चाहना अनुसार सहमतिकै आधारमा अघि बढनु पर्ने उनले प्रष्ट पारे ।

निर्वाचन पश्चात पनि देश अनिर्णयको बन्दी हुन नहुने उनको तर्क थियो । दलित बस्तीमा उनले ६५ परिवारलाई कम्बल वितरण गरेका छन् भने गौर नगरपालिकाले पनि सो बस्तीमा फोहर राख्ने भाडा प्रत्येक परिवारलाई उपलब्ध गराएका छन् ।

पुस लागेसँगै रौतहटमा चिसो बढेको छ । जाडो याममा शीतलहर र अत्याधिक चिसोले गरीव तथा दलित परिवार सदस्यले वर्षेनी ज्यान गुमाउनु परेको छ । चिसो सुरु भएसँगै आफ्नो क्षेत्रका विजेता नेताबाट कम्बल पाएपछि स्थानिय खुशी भएका छन् ।

Comment