Monday , December 18 2017
Home / Featured News / चीनको चेतावनीलाई बेवास्ता गर्दै ओबामा र लामा भेटवार्ता

चीनको चेतावनीलाई बेवास्ता गर्दै ओबामा र लामा भेटवार्ता

अमेरिकी राष्ट्रपति बाराक ओबामा र तिर्वासित जीवन बिताइरहेका तिब्बती अध्यात्मिक दलाई लामासँग भेटवार्ता गरेका छन् । चीनको चेतावनीलाई बेवास्ता गर्दै दलाई लामालाई भेटेका ओबामाले तिब्बतीहरुको मानवअधिकारको रक्षाका लागि आफ्नो समर्थन रहेको बताएका छन् ।_73104773_008775016-1

ओबामा र दलाई लामाबीचको भेटअघि चीनले भेटवार्ता रद्द गर्न माग गरेको थियो । यो भेटले चीन–अमेरिकाको सम्वन्धमा गम्भीर असर पर्ने चेतावनी दिएको छ ।

अमेरिकी अधिकारीहरुले ओबामाले व्हाइट हाउसको म्याप रुममा दलाई लामालाई निजी भेटघाटका रुपमा भेट गरेका हुन् ।

ओमाबाले आम रुपमा विदेशी नेताहरुसँग ओवल अफिसमा भेटवार्ता गर्छन । यस आधारमा म्याप रुममा भेट गर्ने निर्णय गर्नुको अर्थ थेरै प्राथमिकता नदिएको रुपमा हरिएको छ ।

राष्ट्रिय सुरक्षा काउन्सिलका प्रवक्ताका अनुसार ओबामाले दलाई लामालाई एक अन्तराष्ट्रिय स्तरका सम्मानित धार्मिक एवं सांस्कृतिक नेताका रुपमा भेटेका हुन् ।

 

Comment