Wednesday , December 13 2017
Home / Featured News / चीनले दुइजना सम्म सन्तान जन्माउन दिने

चीनले दुइजना सम्म सन्तान जन्माउन दिने

चीनले एक सन्तान नीतिमा परिवर्तन गर्दै २ जना सम्म सन्तान जन्माउन दिने गरी नीतिमा सुधार ल्याएको छ । नेशनल पिपल्स कंग्रेसको स्थायी समिति बैठकले विवाहित जोडीले अब २ वटासम्म सन्तान जन्माउन सक्ने प्रावधानसहित एक सन्तान नीतिमा सुधार ल्याएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।2330-image-450-550-fit
तर विवाहित जोडी भने आफ्ना अभिभावकको एकल सन्तान हुनुपर्ने प्रावधान समेटिएको छ । बैठकले नयाँ नियम प्रान्तीय सरकारले आफ्नो जनसांख्यिक अवस्था तथा परिवार नियोजन, जनसंख्या तथा परिवारसम्बन्धी कानुन अनुसार कार्यान्वयनमा ल्याउनसक्ने बताएको छ ।

जनसंख्यामा व्यापक परिवर्तन, जन्मदरमा कमी साथै क्रियाशील जनसंख्यामा उल्लेख्य गिरावट आउन थालेपछि सरकारले एक सन्तान नीतिलाई खुकुलो बनाएको हो । १९९० को दशक यता त्यहाँको जन्मदर घटेर १ दशमलव ५ पुगेको छ भने सन् २०१२ मा काम गर्न सक्ने जनसंख्या झण्डै साढे ३० लाखले घटेको छ ।
यसै अनुपातमा जन्मदर घट्ने क्रम रहेमा सन् २०२३ सम्म काम गर्न सक्ने जनसंख्या वार्षिक रुपमा ८० लाखले वृद्धि हुने अनुमान गरिएको छ । एक सरकारी तथ्यांक अनुसार १९७० को दशकमा कार्यान्वयनमा आएको एक सन्तान नीतिले झण्डै ४० करोड जनसंख्या नियन्त्रण गर्न सघाएको छ ।

Comment