Thursday , December 14 2017
Home / Featured News / चिनियाँ खेलाडी नालाई अस्ट्रेलियन ओपनको उपाधी

चिनियाँ खेलाडी नालाई अस्ट्रेलियन ओपनको उपाधी

मेलबर्न / चिनियाँ खेलाडी लि नाले वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अस्ट्रेलियन ओपनको उपाधी जितेकी छिन। शनिबार महिला एकलको फाइनलमा स्लोभाकियाकी डोमिनिका सिभुल्कोभालाई सोझो सेटमा हराँउदै नाले दोस्रो ग्रान्डस्लाम उपाधीका रूपमा अस्ट्रेलियन ओपन जितेकी हुन। नाले सिभुल्कोभाको हाकलाई ७-६ , ६-० ले पन्छाइन् ।133073531_13906490432621n

दुई वर्ष अघि फ्रेन्च ओपन जितेर ग्रान्डस्लाम टेनिस उपाधी जित्ने पहिलो एसियाली खेलाडीका रूपमा किर्तिमान बनाएकी ना यस अघि दुई पटक अस्ट्रेलियन ओपनको फाइनलमा पुगेपनि उपविजेतामै सिमित थिइन।

विश्व टेनिसमा प्रभाव देखाउन बाँकी नै रहेकी सिबुल्कोभा फाइनल पुगेपछि यस पटक ३१ वर्षिय नाले उपाधी जित्न सक्ने अनुमान गरिएको थियो। पहिलो सेटमा कडा चुनौती पाएपनि नाले दोस्रो सेट कुनै गेम नगुमाई जितिन। ‘अन्तत मैले उनलाई(अस्ट्रेलियन ओपन उपाधी) जितें’नाले भनिन,’पछिल्ला दुई पटक खेलेका फाइनलमा निकै प्रतिस्पर्धा भएको थियो।’

सन २०११ र २०१३ को सस्करणमा ना फाइनल पुगेकी थिइन। आफुभन्दा आठ वर्ष जेठी नाबिरूद्व खेल्नुअघि सिबुल्कोभा पहिलो पटक ग्रान्डस्लाम टेनिसमा फाइनल पुगेकी थिइन।

इन्टरनेटमा निकै चर्चित उनको जितपछिको बक्तब्य

Comment