Wednesday , December 13 2017
Home / Social / चार हात-खुटा भएकी बालिकाको जन्म

चार हात-खुटा भएकी बालिकाको जन्म

रौतहटमा एक महिलाले चार हात–खुट्टा र एउटा टाउो भएकी बालिकालाई जन्माएकी छिन् ।

डुमरिया परोहा गाविस ६ लौतना टोल बस्ने शिवशंकर साहकी २५ बर्षिया श्रीमती जानकी देवी साहले शुक्रवार राति ८ बजेको समयमा चार वटा हात, चार वटा खुटा र एउटा टाउको भएकी बालिकालाई जन्म दिनु भएको हो ।4f137c5f7f435b8572b41efa9b4731b1_L

बालिकाको राती १० बजे नै निधन भएको थियो । जानकीदेवीले अनौठो बालिका जन्माउनासाथ घरका सदस्यहरु डराएर भागेका थिए ।

नजजात बालिकाको मृत्यु भएपनि स्थानीयबासिन्दाले देवी जन्मिएको भन्दै फुलमाला पैसा चढाएर शनिबार बालिकाको शबको दर्शन गरेका छन् । साहको घरमा स्थानीनबासिन्दाहरुको घुइचो लागेपछि प्रहरीले बालिकाको शबलाई शनिवार जमिनमा गाडेपछि भिड कम भएका साह परिवारले जनाएको छ । जेनेटिक कारणले विकार आएर कहिलेकाही दुर्लभ रुपमा यस्तो बच्चाको जन्म हुने गरेको जिल्ला अस्पताल गौरका मेडिकल अधिकृत डा.कौशर आलमले बताए।

Comment