Saturday , May 26 2018
Home / Featured News / चार वटै अभ्यास खेल जितेर नेपाली क्रिकेट टोली न्युजिल्यान्ड तर्फ प्रस्थान

चार वटै अभ्यास खेल जितेर नेपाली क्रिकेट टोली न्युजिल्यान्ड तर्फ प्रस्थान

आफ्नो चार वटै अभ्यास खेलमा जित हाँसिल गर्दै नेपाली क्रिकेट टोलिले आफ्नो श्रीलंका भ्रमण सफलतापुर्बक अन्त्य गरेको छ l ब्लुम्सफिल्ड क्लब माथि १६ रनको जित हाँसिल गरेको नेपाली टोलि हिजै राति न्युजिल्यान्ड प्रस्थान गरेको छ |

हिजो मात्रै श्रीलंका पुगेका सोमपाल कामी र बसन्त रेग्मीले समान ३ विकेट हात पारेपछि ब्लुम्सफिल्ड नेपालले दिएकोको २४७ रन लक्ष सम्म पुग्न सकेन l ३८ रनमा पहिलो विकेट गुमाएको उसको विकेट जाने शिलशिला थामिएन l सदुन रानातुङ्गाले सर्बाधिक ४८ , निपिन करुनारत्नेले ३१ र अदिशा नानायाकराले २९ रन बनाए पनि विकेटमा धेरैबेर जम्न नसक्दा १६ रनले ब्लुम्सफिल्ड पछि पर्यो l ४९.४ ओभरमा ब्लुम्सफिल्डले पुरै विकेट गुमाउदै २३० रन मात्र बनाउन सक्यो l बसन्त रेग्मीले ७.४ ओभरमा २ मेडन ओभर सहित २५ रन तथा सोमपालले १० ओभरमा ४७ रन खर्चे l नेपालको लागि अविनाश कर्ण र शक्ति गौचनले पनि १/१ विकेट हात पारे l

आज टस जितेर ब्याटिंग रोजेको नेपाली टोलिले ब्लुम्सफिल्डलाई २४७ रनको लक्ष प्रस्तुत गर्यो l सुबास खकुरेल र अनिल मण्डलले पहिलो विकेटको लागि ८४ रनको साझेदारी गरे l पहिलो विकेट अनिल मण्डलको रुपमा २१ औ ओभरमा गुमाएको नेपालले लगत्तै ज्ञानेन्द्र मल्ल र सुबास खकुरेललाई पनि गुमायो l अनिलले ३८ , सुबासले ४१ बनाउदा मल्लले १ रन मात्र जोड्न सके l १०८/३ को स्थितिपछि चौथो विकेटको साझेदारीको रुपमा पारस खड्का र शरद भेसावकरले ७५ रन जोड्न सफल भए , पारस खड्का ६२ रन बनाई आउट हुँदा नेपालको स्कोर ४४ औ ओभरमा १८३/४ पुग्यो l
त्यसपछि ब्याटिंगमा आएका बिनोद भण्डारीले आक्रामक इनिंग खेल्दै ३ छक्का र १ चौका प्रहार गरे पछि नेपालले सम्मानजनक स्कोर बनाउन सक्यो l भण्डारी मात्र १२ बलमा २८ रन शरद ३६ रन बनाई आउट भए l अन्त्यमा लगातार विकेट गुमाएको नेपालको लागि बसन्त रेग्मीले ९ , सागर पुनले ५ र प्रदिप ऐरीले अविजित २ रन बनाए l पुरै ओभर ब्याटिंग गर्दै नेपालले ८ विकेट क्षेतीमा २४६ रन बनाउन सफल भयो l ब्लुम्सफिल्डका इमरान खान , अदिशा नानायाकरा र अमिला अपोन्सुले समान २ विकेट हात पारे l

आफ्नोअघिल्लो अभ्यास खेलमा नेपालले क्रमशः मुर्स क्रिकेट क्लबलाई २ , कोल्ट्स क्रिकेट क्लबलाई ४ विकेटले र पोर्ट अथुरिटि क्लबलाई २ विकेटको विजय हाँसिल गरेको थियो l

आजै न्युजिल्यान्ड जाने

नेपाली क्रिकेट टिम आजै न्युजिल्यान्ड प्रस्थान गर्ने नेपाली क्रिकेट टिमका ब्यबस्थापक पूर्ण लामाले बताएका छन् l १३ जनवरी देखि सुरु हुने विश्वकप छनौट प्रतियोगिता अगाडी नेपालले न्युजिल्यान्डको क्यान्टबरी क्रिकेट क्लब संग ४ वटा अभ्यास खेल तथा जनवरी १० तारिख मा नामिबिया र ११ तारिखमा केन्या संग अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ l

२९ डिसेम्बर :- पहिलो अभ्यास खेल – क्यान्टरबरि सेलेक्सन टिम संग  ( बर्नसाइड पार्क मैदान )
३० डिसेम्बर :- अभ्यास ( बर्नसाइड पार्क मैदान )
३१ डिसेम्बर :- दोश्रो अभ्यास खेल – क्यान्टरबरि सेलेक्सन टिम संग  ( बर्नसाइड पार्क मैदान )
१ जनवरी :- आराम
२ जनवरी :- आराम
३ जनवरी :- अभ्यास ( बर्नसाइड पार्क मैदान )
४ जनवरी :- अभ्यास ( सेन्ट एन्ड्रु कलेज मैदान )
५ जनवरी :- अभ्यास ( सेन्ट एन्ड्रु कलेज मैदान )
६ जनवरी :- तेश्रो अभ्यास खेल – क्यान्टरबरि सेलेक्सन टिम संग ( सेन्ट एन्ड्रु कलेज मैदान )
७ जनवरी :- चौथो अभ्यास खेल – क्यान्टरबरि सेलेक्सन टिम संग ( सीडेनहम पार्क मैदान  )

Comment