Friday , December 15 2017
Home / Nepal / चरी हत्या गैर न्यायिक -एमाले, निस्पक्ष छानविनको माग

चरी हत्या गैर न्यायिक -एमाले, निस्पक्ष छानविनको माग

नेकपा एमाले धादिङले आफ्ना कार्यकर्ता दिनेश अधिकारी ‘चरी’ को गैरन्यायिक हत्या भएको दावी गर्दै घटनामा संलग्न प्रहरी अधिकारीहरुलाई कार्वाहीको माग गरेको छ ।chari1

एमाले धादिङ जिल्ला कमिटीले २४ साउनमा प्रेस विज्ञप्ति जारी गर्दै एमाले क्षेत्र नं. १ का पूर्व उपाध्यक्ष दिनेश अधिकारीको ‘हत्या’मा संलग्न प्रहरी अधिकारीहरुलाई निलम्बन गरी छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेको छ । विगतमा दिनेश अधिकारीको गतिविधि विवादस्पद रहेको स्वीकार्दै विज्ञप्तिमा उनी एमाले प्रवेशसँगै रुपान्तरणको क्रममा रहेको जनाइएको छ । उनका विरुद्ध दुईवटा मुद्दा अदालत पुगेको र कानूनी सल्लाहकारको सल्लाह बमोजिम अदालत हाजिर हुने दिनको प्रतिक्षामा रहेको पनि एमाले धादिङले जनाएको छ ।

लासको मुचुल्का गरिंदा मृतकका आफन्तलाई संलग्न नगराइएको, स्थानीयले ५ राउण्ड गोली पड्केको आवाज सुने पनि दिनेशमाथि ८ वटा गोली प्रहार भएको र घटनास्थलमा रगत पनि नदेखिएकाले उनको अन्यत्रै हत्या गरी भीमढुंगा लगिएको एमालेको दाबी छ ।

खुश्बुका प्रेमी

त्यसैगरी विज्ञप्तिमा दिनेशकी प्रेमिका खुश्बु ओलीसँग विवाह गर्न चाहने प्रहरी निरीक्षकले हत्या गराएको एमाले जिल्ला कमिटी धादिङको निष्कर्ष रहेको बताइएको छ ।

“खुस्बु ले पनि कुमुद र अर्पण दुबैले आफूसँग विवाह गर्न चाहेको र आफूले इन्कार गरेपछि पटक पटक दिनेशको हत्या गर्ने धम्की दिएको बताएकी छिन्,” विज्ञप्तिमा उल्लेख छ । २१ साउन साँझ ५ बजे प्रहरीको जवाफी कार्वाहीमा चरी नामले चिनिने दिनेश अधिकारीको मृत्यु भएको प्रहरीले बताएको छ ।

Comment