Wednesday , November 14 2018
Home / Featured News / घाइते नाडाललाई हराउँदै वरिन्काले जिते अस्ट्रेलियन ओपन

घाइते नाडाललाई हराउँदै वरिन्काले जिते अस्ट्रेलियन ओपन

मेलबर्न : घाइते राफेल नाडाललाई चार सेटसम्म तन्किएको खेलमा पराजित गर्दै स्टान वरिन्काले आफ्नो पहिलो ग्रान्ड स्लाम टाइटल जितेका छन्। आइतबार भएको अस्ट्रेलियन ओपनमा उनले शीर्ष वरियताका नाडाललाई ६-३, ६-२, ३-६ र ६-३ ले पराजित गरे।

wawrinka300200posew२८ वर्षीय स्विस खेलाडीले अघिल्ला १२ वटा भिडन्तमा नाडाललाई एक सेट पनि जित्न सकेका थिएनन्। तर आइतबार भने मेलबर्न पार्कमा भएको खेलमा उनले सुरुदेखि नै आफ्नो प्रभुत्व देखाए।

पिठ्युँमा परेको चोटका कारण दोस्रो सेटमा नै घाइते भएर खेल छाड्नु पर्ने अवस्थामा नाडाल पुगेका थिए।

उनले अस्ट्रेलियन ओपनलाई आफ्नो सबैभन्दा अभागी ग्रान्ड स्लाम बताउँछन्। सन् २०१३ मा पनि उनले अस्ट्रे्लियन ओपन चोटकै कारण खेल्न पाएका थिएनन्। सन् २०१० र २०११ मा उनी क्वार्टरफाइनलमा नै पराजित हुनुको कारण चोट नै थियो।

Comment