Thursday , December 14 2017
Home / Australia / घले दम्पतीको लगानिमा मेलवर्नमा ५० तल्ले होटल बन्ने

घले दम्पतीको लगानिमा मेलवर्नमा ५० तल्ले होटल बन्ने

मेलवर्न/ गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको स्वामित्वमा रहेको एमआइटी ग्रुपले अष्ट्रेलियाको मेलवर्नमा ५० तल्ले होटल र सर्भिस अपार्टमेन्ट निर्माण गर्ने भएको छ । new-tower-by-MIT-Queen-victoria-market3
मेलवर्नको क्वीन भिक्टोरिया मार्केटसंगै एमआईटी गु्रपले एउटा ५० तल्ले र अर्को ३० तल्ले गरी दुईवटा टावर बनाउन प्रस्ताव गरेको फेयस फ्याक्स मिडिया “द एज”ले डिसेम्बर १६ को अनलाइन संकरणमा छापेको छ । “द एज” ले जनाए अनुसार दुवै भवनमा २१० कोठाको होटल र ६०९ युनिट अपार्टमेन्ट हुनेछ । जसमध्ये २१९ युनिट एक बेडरुम, २७३ दुई बेडरुम र १३ वटा तीन बेडरुमसहितका हुनेछन् । प्रस्तावित ब्यापारिक भवनमा २७९ पब्लिक कार पार्कङ, २७२ वटा बाइक पार्कङ, जिम र स्वीमिङ पुल पनि रहने छ । पाचतारे होटलका लागि अमेरिकाको एस होटल गु्रपसंग छलफल भइरहेको बताईएको छ । विलियम र फ्याङ्कलिन स्टि्रको कुनामा रहेको यो जग्गामा होटल निर्माण गर्ने प्रस्ताव भिक्टोरिया राज्य सरकारले हालै यो बजारलाई स्तर उन्नति गर्ने योजना अघि सारेपछि आएको हो । मेलवर्नकै पुरातात्विक महत्वको ल्याट्रोभ स्टि्रटमा रहेको आर्गस बिल्डिङलाई पुन निर्माण गरिहरेको एमआइटी गु्रपको यो दोस्रो महत्वकाक्ष् योजना हो ।

यो परियोजना निर्माण सम्पन्न गर्न २५० मिलियन अष्ट्रेलियन डलर खर्च हुने बताइएको छ । हरेक बर्ष बि आर डब्लुले गर्ने सर्वेक्षणमा २ सय जना धनी भित्र पर्ने घले दम्पतीकै लगानीमा काठमाण्डौमा पाचतारे होटल शेराटनको निर्माण पनि सुरु भैरहेको ।

One comment

  1. Nepal ra nepali ko nam uchcha hune bho.nepali le pani kehi garchan bhanne sandes jane bhayo.

Comment