Saturday , December 16 2017
Home / Australia / गुल्मेली समाजको अध्यक्षमा भिम खरेल

गुल्मेली समाजको अध्यक्षमा भिम खरेल

सिड्नी/ नेपालको गुल्मी जिल्लाबाट आएर अस्ट्रेलियामा बसोवास गर्ने नेपालीहरुको भेलाले भिम खरेलको अध्यक्षतमा गुल्मेली समाज अस्ट्रेलिया गठन गरेको छ । डिसेम्बर १५ आईतवारका दिन सिड्नीको दक्षिण क्यान्ड्रिक पार्क टेम्पेमा भएको यो भेलाले उपाध्यक्ष पद पछि पूर्तिगर्नेगरि मेलवर्नको लागि छुट्याएको छ ।

gulmi 1
१३ सदस्यि कार्यसमितिको सचिव श्याम केसी, सह सचिव सुभाष ज्ञवाली र कोषध्यक्षमा भिष्म भण्डारी रहेका छन् । यस्तै समाजको सास्कृतिक सचव माया थापा र सदस्यहरुमा चतुर्भुज खरेल, बिज्ञान कार्की, सुभाष गौतम, कृष्ण सापकोटा, कमला बस्नेत जीसी, विष्णु भुषाल र मन्जु पौडेल रहेका छन् ।
करिवा एक सय भन्न्दा बढी गुल्मेलीहरु सहभागि भएको यो भेलामा गैर आवसिय नेपाली संघका प्रवत्ता मन केसीले पदाधिकारीहरुको नाम घोषणा गर्दै सम्पुर्ण पदाधिकारीहरुको कार्यकाल सफलताको लागि शुभकामना दिएका थिए ।gulmi 3

अध्यक्ष भिम खरेलले आफ्नो जन्म थलो, अध्ययन गरेको विद्यालय र गाउं बेसीको विकासमा समाज सक्रिय हुने विचार राखेका थिए । कार्यक्रममा सिड्नी वाहेक क्यानवेराबाट समेत सहभागिहरु भेलाले भएका थिए ।

mana 4
एक अनौपचारिक तथ्याङक अनुसार अस्ट्रेलिया भरी करिव १५ सय भन्दा बढी गुल्मीवासि नेपालीको वसोवास रहेको छ ।

gulmi 2

2 comments

  1. Congratulation mama other new selected member.

  2. Congratulation mama and other new selected member.

Comment