Monday , December 18 2017
Home / Featured News / गुण्डागर्दी र दादागिरी नियन्त्रण गर्ने पहिलो प्राथमिकता :गृहमन्त्री गौतम

गुण्डागर्दी र दादागिरी नियन्त्रण गर्ने पहिलो प्राथमिकता :गृहमन्त्री गौतम

नवनियुक्त उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले काठमाडौं उपत्यका सहित देशैभर गुण्डागर्दी र दादागिरी नियन्त्रण गर्ने बताउनुभएको छ । मंगलबार पदभार ग्रहण गर्दै उहाँले शान्ति सुरक्षा सुदृढ गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको हो ।Bamdev_Gautam

गृहमन्त्री गौतमले काठमाडौंका सार्वजनिक ठाउँमा अवैध बसोबास गरिरहेका परिवारलाई वैकल्पिक व्यवस्था गरी ती ठाउँलाई सार्वजनिक हितमा उपयोग गर्ने उल्लेख गर्नुभएको छ । नेपालीलाई क्यासिनोमा प्रवेश गर्न रोक लगाउने कार्ययोजना समेत छ । गृहमन्त्रीका ५ बुँदे कार्ययोजना यस्तो छ :

१ राजधानीका विभिन्न सार्वजनिक स्थानमा अवैधानिक ढंगले बसोबास गरिरहेका व्यक्ति तथा परिवारको पहिचान गरी वैकल्पिक बसोबासको व्यवस्था मिलाई त्यस्ता स्थान सार्वजनिक हितमा उपयोग गर्ने ।

२ उपत्यकालगायत मुलुकभित्र विद्यमान गुण्डागर्दी र दादागिरीलाई कानुन बमोजिम नियन्त्रण गर्नको लागि विशेष अभियान सञ्चालन गरी सर्वसाधारणलाई शान्ति, सुरक्षा र अमनचयनको पूर्ण प्रत्याभूति प्रदान गर्ने ।

३ राजधानीभित्रका फूटपाथ कब्जा गरी व्यापार व्यावसाय गरिरहेका व्यापारीहरुलाई वैकल्पिक व्यवस्था गर्दै सडक यातायातलाई व्यवस्थित गर्ने ।

४ भ्रष्टाचारजन्य कार्यमा शून्य सहनशिलता अपनाई जनतामा प्रवाह गरिने सेवालाई भरपर्दो, गुणस्तरीय र प्रभावकारी बनाउन गृह मन्त्रालयले आफ्ना मातहतका सबै निकायहरुमार्फत नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।

५ उपरोक्त कार्यमार्फत सुशासन कायम गर्दै एक वर्षभित्र जनअपेक्षा मुताविकको संविधान जारी गर्ने वातावरण निर्माण गर्ने ।

Comment