Wednesday , December 13 2017
Home / Australia / गुठी अस्ट्रेलियाको अध्यक्षमा ताम्राकार

गुठी अस्ट्रेलियाको अध्यक्षमा ताम्राकार

सिड्नीमा सक्रिय सामुदायिक संस्था गुठी अस्ट्रेलियाको गएको हप्ता भएको साधारणसभाले सरुन ताम्राकारको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको छ । संस्थाको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष सिजन ताम्राकार, महासचिव दिप्त श्रेष्ठ, कोषध्यक्ष अनुप महर्जन र सचिवमा कपिल मानन्धर रहेका छन् । यसैगरी वित्तिय संयोजकमा शिव श्रेष्ठ, परियोजना संयोजक सुमन कारन्जित, सांस्कृतिक संयोजक आरती शाक्य, कार्यक्रम संयोजक समाल सकर्मी र अनामिका प्रधान, जनसम्पर्क संयोजक राम श्रेष्ठ, बजार व्यवस्थापनमा सुनिता श्रेष्ठ, ग्राफिक संयोजन निरन्जन ताम्राकार, वेव संयोजक समिर तुलाधर, प्रकासन संयोजक सुजनमान बानियां र सदस्यता संयोकमा पुजा खड्का रहेका छन् ।Guthi Australia EC

साथै कार्यसमितिमा १४ जना कार्यसमिति सदस्य रहेका छन् । गुठी अस्ट्रेलियाको सल्लाकारहरुमा डा.नारायण प्रधान, पदम शाक्य, डा. निलम प्रधानाङ्ग, महेन्द्र श्रेष्ठ र सुरेन्द्र मानन्धर रहेका बताईएको छ । संस्थाले अस्ट्रेलियामा नेपाली संस्कृतिको जगेर्ना गर्दै वर्ष भरि नै विभिन्न कार्यक्रम गर्दै आएको छ ।

Comment