Friday , December 15 2017
Home / World / गुगलको नेक्सस ५ बजारमा

गुगलको नेक्सस ५ बजारमा

गुगलले नया स्मार्टफोन नेक्सस ५ बजारमा ल्याएको छ । यो स्मार्टफोन नेक्सस ४ भन्दा सानो, पातलो र हलुका रहेको छ । यसमा एण्ड्रोइड ४.४ किट्क्याट  अपरेटिङ् सिस्टम छ । एण्ड्रोइड ४.४ किट्क्याट  गुगलले ल्याको पछिल्लो अपरेटिङ् सिस्टम हो । यो स्मार्टफोनको उत्पादन भने एलजीले गरेको छ । पहिले को नेक्सस भन्दा यसको क्यामेरा सुधारिएको छ । यसको ८ मेगापिक्सेल क्यामेराले १०८०p रेजोल्युसनको डिस्प्ले र भिडियो खिच्न सक्नुको साथै एचडिआर + मोड को सुबिधा पनि छ ।

४.९५ इन्च फुल एचडि डिस्प्ले रहेको यस फोनमा २ जीबी र्याम र क्वाडकोर २.३ गिगाहर्ज स्न्यापड्रयागन प्रोसेसर रहेको छ|

अस्ट्रेलियन बजारमा नेक्सस ५ १६ जिबिको मुल्य ३९९ तथा ३२ जीबीको मूल्य ४४९ अस्ट्रेलियन डलर रहेको छ|

 

Comment