Sunday , November 19 2017
Home / Featured News / गाजामा संघर्ष विराम

गाजामा संघर्ष विराम

इजरेल र हमासले गाजामा स्थानीय समय अनुसार शुक्रबार विहान आठ बजे देखि लागु हुने गरी ७२ घण्टे नि:शर्त संघर्षविराम गर्न सहमति जनाएका छन्। संयुक्त राष्ट्र संघ र संयुक्त राज्य अमेरिकाको संयुक्त बक्तव्यले संघर्ष विरामको अवधि आरम्भ नहुंदासम्म संयम अपनाउन सबै पक्षलाई आह्वान गरेको छ।gaza_strip

संयुक्त राष्ट्रसंघका महासचिव बान की मून र अमेरिकी विदेशमन्त्री जन केरीले उक्त संघर्ष विराम सहमतिको घोषणा गरेका हुन्। हमासले आफूले संयुक्त राष्ट्रसंघको आग्रहपछि हतियार विसाउन सहमति जनाएको बताएको छ।

कार्वाही
इजरेलले आफ्ना सैनिकहरुले संघर्षविरामको समयमा पनि गाजामा रहेका सुरुंगहरु विरुद्ध उस्कै शब्दमा प्रतिरक्षात्मक कार्वाही जारी राख्नेि भनेको छ।

गाजामा पछिल्लो पल्ट द्वन्द्व सुरु भएयता १४०० प्यालेष्टीनी र ५८ जना इजरेलीहरुको ज्यान गैसकेको बताइन्छ । झण्डै साढे तीन हप्ता अघि गाजामा हालको संकट शुरु भएयता चौधसयजना भन्दा बढी प्यालेष्टीनीहरुको ज्यान गैसकेको छ, जसमध्ये धेरैजसो गैरसैनिकहरु रहेका छन्।

५८ जना इजरेलीहरु मारिएका छन् र तिनमा लगभग सबै नै सैनिकहरु छन्। यसअघि घोषणा गरिएका छोटो अवधिका चारवटै मानवीय संघर्षविराम भंग हुन पुगेका थिए।

हाल भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री जन केरीले त्यहांबाट बोल्दै संघर्ष विरामको अर्थ त्यहां द्वन्द्वको अन्त्य भने नभएको बताएका छन्। संघर्षविरामको समय आरम्भ भएपछि इजरेली र प्यालेष्टीनी प्रतिनिधिहरु इजीप्ट सरकारको निमन्त्रणमा वार्ताका लागि काएरो जाने बताइएको छ।

वार्तामा अमेरिकीहरुको सानो प्रतिनिधिमण्डल पनि सहभागी हुनेछ। इजरेलले संघर्ष विरामको समयमा पनि गाजामा रहेका सुरुंगहरु विरुद्ध “प्रतिरक्षात्मक” कार्वाही जारी रहने जनाएको छ ।

हमास
त्यसमा हमासको उपस्थिती भने रहने छैन, प्यालेष्टीनी प्रशासनका अध्यक्ष महमुद अब्बासले नै प्यालेष्टीनी प्रतिनिधि चयन गर्नेछन्। किनकी इजरेल र संयुक्त राज्य अमेरिकाले हमाससंग वार्तामा नबस्ने बताएका छन्।

विगतका सबै संघर्ष विरामका वार्ताहरु दुवै पक्षका परस्पर विरोधी मागहरुका कारण विफल भएका थिए। हमासले गाजाको घेराबन्दी अन्त्य हुनु पर्छ भन्ने गरेको छ भने इजरेलले आफ्नो सुरक्षाको ग्यारेन्टी हुनु पर्छ भन्दै आएको छ।

बीबीसीबाट साभार

Comment