Friday , December 15 2017
Home / Uncategorized / खेलाडी र क्यानका पदाधिकारीहरुलाई छिट्टै आचार संहिता लागू हुने

खेलाडी र क्यानका पदाधिकारीहरुलाई छिट्टै आचार संहिता लागू हुने

नेपाली क्रिकेट राष्ट्रिय टोलीका सदस्यहरुले कुनै पनि प्रतियोगिता नखेल्ने घोषणा गरेपछि नेपाल क्रिकेट संघ क्यानले बैठक बोलाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने क्यानमा भएको अनियमितताबारे अध्ययन सुरु गरेको बताएको छ ।

Nepali-cricket-teamखेलाडीहरुको मागबारे शुक्रबार सदस्यहरुबीच अनौपचारिक छलफल भएको छ । क्यानका ममहासचिव अशोकनाथ प्याकुरेलले छलफलका क्रममा अनुशासनको कुरा उठेको बताए । ‘भोलिको बोर्ड बैठकपछि नै आधिकारीक धारणा आउँछ’ उनले भने-’खेलाडीहरुले कुन टुरको भत्ता नखाएको हो, त्यो हामी हेरिरहेका छौं । हामी रोकेर राख्ने पक्षमा छैनौं । जहाँसम्म अरु कुरा छ, केही अनुशासनका कुरा पनि उठेको छ । छलफलमा छौं ।’

क्यानका केही पदाधिकारीहरुले सार्वजनिक सञ्चार माध्यममा खेलाडीहरुलाई अनुशासनको काबारही गर्ने बताएपनि कुनै निर्णय नभएको उनले बताए । क्यानका अध्यक्ष टंक आङबुहाङले बीबीसीसँगको कुराकानीमा खेलाडी र क्यानका पदाधिकारीहरुलाई छिट्टै आचार संहिता लागू गर्ने तयारी भइरहेका बताएका छन् । क्यानको नेतृत्व परिर्वतन गर्नु पर्ने खेलाडीहरुको मागबारे सोधिएको प्रश्नमा महासचिव प्याकुरेलले कुनै टिप्पणि गर्न अस्वीकार गरे ।

खेलाडीहरुले तलब भत्ता नपाएको भन्दै प्रतियोगिता बहिस्कार गरेपछि खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले पनि चासो दिएका छन् । विश्वकप खेलेर आएका खेलाडीहरुले तलब नपाएको सुन्दा आफू झस्किएको भन्दै उनले भने-’मैले खेलाडी साथीहरुसँग सम्पर्क गरेको छु । क्यानका अधिकारीहरुसँग पनि कुरा गरेको छु । के गर्न सकिन्छ छलफल गर्नुपर्छ ।’

क्यानको नेतृत्व परिर्वतनको मागमा भने उनले पनि आफ्नै नियम प्रक्रिया हुने भन्दै सबैलाई व्यवस्थित बनाएर लैजाने बताए । यसअघि बिहीबार ट्वान्टी-ट्वान्टी विश्वकप खेलेका १६ खेलाडीले ८ महिनादेखि तलब भत्ता नपाएको भन्दै क्रिकेट संघको सम्पूर्ण टिम परिर्वतन नगरेसम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता नखेल्ने घोषणा गरेका थिए ।

Comment