Monday , December 18 2017
Home / PaperPublished / खिलराज र नीलकण्ठलाई ल्याउनु ठूलो गल्ती भयोः सापकोटा – नागरिक दैनिक

खिलराज र नीलकण्ठलाई ल्याउनु ठूलो गल्ती भयोः सापकोटा – नागरिक दैनिक

एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्‍नि सापकोटाले मन्त्रिपरिषदको अध्यक्षमा प्रधान न्यायाधिश खिलराज रेग्मीलाई र निर्वाचन आयोगको प्रमुख आयुक्तमा नीलकण्ठ उप्रेतीलाई ल्याउनु गंभीर गल्ती भएको बताएका छन्।
रिपोर्टर्स क्लबमा बोल्दै उनले भने– पार्टीका मान्छेलाई आयोगको अध्यक्ष र मन्त्रिपरिषदको अध्यक्ष बनायौ त्यो गल्ती भयो। उनीहरुले निर्वाचनमा यसरी सुक्ष्म रुपमा धाँधली गरे कि हामीले त्यो कल्पना समेत गर्न सकेका थिएनौ। यो प्रायोजित, नियोजित र षडयन्त्रमुलुक रुपमा लामो समयदेखि डिजाइन गरेर गरिएको चुनाव हो।’
प्रवक्ता सापकोटाले आफ्नो लागि मंसिर ४ गते भएको संविधानसभाको निर्वाचन चुनाव सिकाईको विश्वविद्यालय बनेको उल्लेख गर्दै यसपटकको निर्वाचन संसदको निर्वाचन जस्तै फोहोरी र गन्हाउने गरी भएको दावी गरे। उनले भने–’संविधानसभाको चुनाव नभई संसदको जस्तो पैसा बाड्ने देखि सबै काम उम्मेदवारले गरे। यस्तो चुनाव मुलुकले धान्न सक्दैन।’

सापकोटाले धाँधलीमार्फत जनतामा आएको अधिकारलाई पुन अभिजात वर्गमा फर्काउने योजना भएको दावी गर्दै मुलुकलाई यथास्थितिको गोलचक्करमा फसाउन कलात्मक रुपमा षड्यन्त्र भएको बताए।

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले एक मधेस प्रदेश नभए देश टुक्राउने चेतावनी दिनेहरुलाई मधेसी जनताले नै लोप्पा खुवाउँदै जातीय र क्षेत्रीय राजनीतिलाई अस्विकार गरेको बेला मधेसी मुलका राष्ट्रपति र उपराष्ट्रपतिलाई हटाएर मधेसी जनतालाई खिन्न बनाउन नहुने तर्क गरे।
उनले विगतको संविधानसभाबाट पाठ सिकेर दलहरुले अब दायाँ बायाँ नगरी संविधान बनाउछौ भनि निर्वाचन मार्फत संविधान बनाउन लाग्छौ भनी नेपाली जनतासँग प्रतिवद्धता ब्यक्त गरेको स्मरण गर्दै संविधानसभा गठन नै नहुँदै संविधानको विषय छाडेर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा अल्झीनु दुखद भएको बताए।

Comment