Sunday , November 19 2017
Home / Article / खाडीको बर्बरतामा ज्यान गुमाउनेप्रति

खाडीको बर्बरतामा ज्यान गुमाउनेप्रति

nepal_newsPhadindra_Bhattrai-फडिन्द्र भट्टराई
“दिनभरि सँगै काम गर्‍यौं, कामबाटै नेपाल फोन गरेर परिवारसँग कुरा गर्नु भयो, साँझपख ब्रेकमा आराम गर्न कोठामा जानुभएको थियो, लामो समयसम्म नआएपछि कोठामा बोलाउन गएको त उहाँ सुतिराख्नुभएको थियो । उहाँलाई बोलाउँदा बोल्नुभएन, सिरक खोलेर हेर्दा बितिसक्नु भएको रहेछ । पोस्टमार्टम गर्न लगियो, तीन दिनपछि मृत्युको कारण Åदयघात भन्ने रिपोर्ट हस्पिटलबाट हात लाग्यो”, पाल्पा घर भएका सँगै बस्ने साथीले काठमाडौँमा मेरो आˆनै दाजुको शव लिएर आएपछि बताएको कुराको अंश हो यो माथिको ।  यसरी कतारमा रहनुभएका मेरो दाइले मृत्युवरण गरेको आज ठीक एक वर्ष पुगेको छ । कलिला छोराछोरी र श्रीमती, आमालगायत परिवार र देशैलाई छोडेर पराइको देशमा त्यसरी प्राण जानु र जिउँदो मान्छेको प्रतिक्षा गर्ने बेलामा परिवारले काठको बाकस खोलेर मृत शरीरको दर्शन गर्न पर्दाखेरिको पीडा संसारमा जस्तोसुकै कलम चलाउने व्यक्तिले पनि लेखाइमा उतार्न सक्दैन जस्तो लाग्छ मलाई । सम्बन्धित स्वास्थ्य समस्याले गर्दा उहाँको मृत्यु हार्ट एटयाक हो भन्दा हामीले विश्वास गर्नु स्वाभाविक थियो र गरियो । तर यहाँ प्रसंग बृहत्तर रुपमा खाडीमा भइरहेका रहस्यमय मृत्युहरूको बारेमा उठाइँदैछ ।
‘कोठामा आराम गर्न गएको मान्छे एकछिनपछि जाँदा छैन’, ‘साँझ साथीहरुसंग गफिदै सुतेको मान्छे बिहान हातमा मोबाइल समातेका समात्यै ठङ्गठङ्ती’ यी माथिका वाक्यांश पनि कुनै काल्पनिक कथाका होइनन्, दैनिक सरदरमा ३ वटा नेपालीको लाश भित्राइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा लाश बुझाउन आउने मृतकका भाइसाथीको प्रतिनिधिम्ूलक भनाइ हुन् । सँगै बस्ने र सुत्ने साथीभाइले समेत चाल नपाउने गरी यसरी किन मरिरहेका छन््, खाडी मुलुकमा नौजवान नेपालीहरु ? मान्छेको प्राण जाने बेलामा उमर्को लाग्छ अर्थात् छटपटी हुन्छ, हातखुट्टा फाल्छ । केही शारीरिक चहलपहल हुन्छ तर त्यहाँ हुने मृत्युको लक्षण एकदमै साइलेन्ट किन छ ? किन यति धेरै संख्यामा दिनहुँ रहस्यात्मक ढंगले मरिरहेछन्् हाम्रा दाजुभाइहरु ? धेरैजसो मृत्युको कारण Åदयघात नै बताइन्छ, तर लाशको मुखारबिन्द्को अध्ययनमा Åदयघातको पीडाको भावना नदेखिने बताइन्छ ।
सँगै सुत्नेले पनि थाहा नपाउने यो कस्तो मृत्यु हो ? यस्तो अप्रत्यासित मृत्युको लक्षण किन देखापरिरहेको छ, मलेशिया र खाडीमुलुकमा पसिना बगाइरहेका श्रमिक नेपालीहरुमा मात्र ? यो चिकित्सकीय खोजी र अनुसन्धानको विषय हो । परिवारलाई दैनिक रोजीरोटीको जोहो गर्न, सुन्दर भविष्यको परिकल्पनासहित खाडीको प्रचण्डगर्मीमा पसिना बगाउन पुगेका हाम्रा होनहार मेहनेती शरीरहरु किन ढलिरहेका छन् यसरी ?
एउटा त जोखिमपूर्ण काम गर्नुपर्ने, हेल्थ एण्ड सेˆटीको आधारभूत तालिम नहुनु तथा पर्याप्त तालिम बिना नौला किसिमका मेशिनरीहरु सञ्चालन गर्दा दुर्घटना भएर मृत्यु हुनेको संख्या पनि ठूलो छ भने अर्काेतर्फ Åदयघात बताइने र प्राकृतिकजस्तो देखिने गरी हुने मृत्युको संख्या पनि उल्लेख्य रहेको छ । जुन खोजमूलक छ ।   हुन त जीवनलाई पैसासँग साट्न कदापि सकिँदैन परन्तु दुर्घटना पुष्टि गर्न सकेमा केही राहत मिल्ने भए पनि प्राकृतिक मृत्यु प्रमाणित गरिँदा मृत्युपर्यन्त पाउने बिमा रकमबाट पनि वञ्चित हुनु परेको छ परिवारजनले । जसले गर्दा कमाउने हात ढलिसकेको परिवारमा बचेकाको समेत बिचल्ली भएको पाइन्छ ।
अत्याधिक कामको चाप, अत्यधिक तापक्रम, असन्तुलित भोजन तथा विश्राम, ठगीको शिकारबाट उत्पन्न डिप्रेसन, परिवारबाट टाढा हुँदाको चिन्ता लगायतले पनि केही हदसम्म भूमिका खेलेको होला । काम गर्ने ठाउँमा विभिन्न रसायनसँगको सम्पर्क, एउटै कोठामा बिसौँ जना सुत्दा पर्याप्त हावाको कमिले हुने गुम्स्याई, एसी नहुनु, श्वास-प्रश्वासमा अवरोध हुनुजस्ता कारकतत्वहरु पनि देखिन्छन् । यदि यी गणनायोग्य हुन् भने त्यसको उन्मूलन तथा न्यूनीकरण कसरी गर्न सकिन्छ भन्नेतर्फ ध्यान जानु पर्‍यो । यदि दयघात नै मुख्यकारण हो भने कृतिम श्वास-प्रश्वासबाट मुटुको चाल ब्युँताउने प्रक्रियासम्बन्धी तालिम खाडी मुलुक जाने सबै श्रमिकमा अनिवार्य गर्न सके मात्र पनि ठूलो संख्यामा जीवन बचाउन सकिने विज्ञहरु बताउँछन् ।
केही समय पहिले लण्डनकै एउटा ख्यातिप्राप्त मिडियाले तयार पारेको भिडिओ रिपोर्टमा बिबिसीले विश्वकपसँग जोडेर कतारमा नेपाली श्रमिकको कसरी शोषण भइरहेछ भनेर रिपोर्ट प्रस्तुत गर्‍यो । जसले संसारको मिडिया जगतमा हंगामा मच्चायो । तर नेपाली श्रमिकको अवस्था ज्यूँका त्यूँ रहृयो । कारण, बीबीसीलाई विश्वसामु कतारलाई विश्वकप दिलाउने फिफाको शाख गिराउनु थियो गिरायो, बाँकी उसले के गरोस् ? सोही अवसरको सदुपयोग गरेर जतिखेर कतार अन्डरप्रेसर थियो, नेपाल सरकारले कूटनैतिक तरिकाले यो अवस्थाको सुधारको लागि ठूलो पहल गर्न सक्थ्यो जुन भएन । सुन्दर देशमा जन्मेका तर राज्य र राजनेताको बरदान नपाएका अभागी लाखौँ नेपालीहरु पापी पेट पाल्नकै लागि आˆनै जीवनलाई खुकुरीको धारमा राखी यी मुलुकहरुमा भौँतारी रहनु परेको छ । कतार लगायतका खाडी मुलुकमा तल्लो र मध्यम वर्गीय परिवारका मजदुरहरु मात्र कामको खोजीमा जान्छन् भन्ने बुझाइले गर्दा पनि धनाढय भनाउदा राजनीतिज्ञहरुको ध्यान त्यतातिर जान नसकेको समेत बुझ्न सकिन्छ । तर सत्यता त्यसमा मात्र पनि सीमित छैन,  आजकल ठूलै संख्यामा इन्जिनियर डाक्टर लगायत देशको दक्ष जनशक्ति पनि काम र दामको खोजीमा त्यतैतिर ओरालो लागिरहेको तथ्य छ । नेपालीको श्रम र सीपले मरुभूमिमा सुन्दर संसार खडा हुँदैछ तर कठै हाम्रो देश, आˆना जनताको बलिया पाखुरा र दिमागको ज्ञानलाई बेच्न त पठाएको छ नै, तिनीहरुलाई बचाउन र गुहार गर्न समेत सकिरहेको छैन । यो प्रश्न गर्ने मात्र होइन सत्यतथ्य पत्ता लगाउने गरी अनुसन्धान गर्ने र त्यसको आउटकमलाई तुरुन्तै कार्यन्वयन गर्नुपर्ने विषय हो तर अवस्था कसलाई के मतलबको छ । चिकित्सक तथा अन्य सम्बन्धित क्षेत्रका विज्ञहरु सम्मिलित एउटा आयोग खडा गरेपश्चात्का सुझावहरुलाई देशमा र विदेशमा लागू गर्न विशेष पहलको आवश्वकता छ । अब गर्ने गराउने कसले ? सम्बन्धित निकाय ? सरकार, हो त्यही कानमा तेल हालेर बसेको सरकारले यो काम गरोस् भनेर सर्वत्र आवाज र दवाव सृजना गर्नुपर्ने भएको छ ।  तपाईं-हामी पनि यो सवाललाई टुप्पैसम्म पुर्‍याउन भूमिका खेलौँ ।
यी हरफहरु कोर्दाकोर्दै अरबको खाडीमा अर्काे नेपालीले त्यसैगरी ज्यान गुमाइसकेको होला भन्दा फरक नपर्ला तर यत्तिकै समय सम्बन्धित निकायले खर्चिन शुरु गर्ने हो भने एउटा ज्यान बच्न पनि शुरु हुनेछ ।
तथास्तु !

 

Comment