Tuesday , August 21 2018
Home / Nepal / खनाल र ओलीद्धारा एक अर्कालाई बधाई

खनाल र ओलीद्धारा एक अर्कालाई बधाई

नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र नेता केपी शर्मा ओलीले संविधानसभा सदस्यमा निर्वाचित भएकोमा एकअर्कालाई बधाई दिएका छन् । पार्टीमा दुई विपरित खेलमा अगुवा खनाल र ओलीले मेची अञ्चलबाट निर्वाचित एमालेका सभासद्लाई बधाई र सम्मान गर्ने क्रममा बधाई दिँदै अंकमाल गरेका हुन् ।jn-Khanal-and-KP-Oli

खनाल र ओली दुबै मेची अञ्चलबाट विजयी सभासद् हुन । शीर्ष नेतामा गुटबन्दी हुने गरेको गुनासो आइरहेका बेला त्यस प्रकारको आपसी सौहादर्रता निरन्तर राख्न कार्यकर्ताले वाहवाह गरेका थिए । पूर्व सभामुख समेत रहेका एमाले सभासद सुवास नेम्वाङले भने “खनाल र ओलीबीचको सम्मानको त्यो दृष्य आँखाबाट ओझेल् नपरोस्, कार्यकर्ताले यही चाहेका छन् ।”
एमालेले मेची अञ्चलका चार जिल्ला गरी प्रत्यक्षतर्फ कुल १४ स्थानमध्ये नौ र समानुपातिकमा पाँच गरी १४ सभासद् विजयी गराएको छ ।

Comment