Tuesday , December 12 2017
Home / Australia / क्विन्सल्याण्डमा अहिले सम्मकै सबैभन्दा ठूलो असिना वर्षा

क्विन्सल्याण्डमा अहिले सम्मकै सबैभन्दा ठूलो असिना वर्षा

क्विन्सल्याण्ड राज्यको पश्चिमा आधी सहित आएको असिना वर्षाले मिलियन्स डलरको सम्पतिमा क्षति पुगेको छ । हिजो र अस्ति भएको असिन वर्षाबाट राज्यका गोल्ड कोष्ट, सन साइनकोष्ट र वि्रसवेन शहरमा पनि क्षति पुगेको छ । असिनका कारण गाडिका सिसा फुटेका छन् भने घरको छानो उडाएको र फार्ममा लगाएको बाली पनि नष्ट भएको बताइएको छ ।

क्विन्सल्याण्डको फायर रेस्क्यु कार्यालयका अनुसार मनविय क्षति नभए पनि ठूलो परिमाणमा निजी सम्पतिलाई नोक्सान पुगेको छ । स्थानिय वि्रसवेन टायम्स पत्रिकाका अनुसर त्यहांका नगरिकहरुले अहिले सम्मकै सबैभन्दा ठूलो असिना परेको प्रतिक्रया दिएका छन् ।

अहिले क्विन्सल्याण्डको फायर रेस्क्यु कार्यालयका कर्मचारिहरुले ढलेका रुखहरु हटाए राजमार्ग खुल्ला गर्ने र नागरिकको उद्धवार गरिरहेका छन् ।

Comment