Monday , December 18 2017
Home / Featured News / क्रिकेट हेर्न एम सि जी मा ९१ हजार दर्शक

क्रिकेट हेर्न एम सि जी मा ९१ हजार दर्शक

मेलवर्न/अस्ट्रेलियाको स्पोर्ट स्टेट भनेर चिनिने भिक्टोरियाको मेलवर्नमा इंग्ल्याण्ड र अष्ट्रेलियाबीच बिहीबारबाट सुरु भएको एशेज सिरिज अन्तरगतको चौथो टेष्टको पहिलो दिन खेल हेर्न ९१ हजार बढी दर्शक जम्मा भएका छन् ।

815787-cricket

 

मेलबर्न क्रिकेट ग्राउण्ड एमसीजीमा खेल हेर्न ९१ हजार दर्शक स्टेडियममा उपस्थित थिए । समाचार एजेन्सी एपीका अनुसार यसअघि पहिलो दिन टेष्ट म्याच हेर्न स्टेडियम पुग्ने दर्शकको कीर्तिमानी संख्या ९० हजार ८ सय थियो । यो सन् १९६१ मा वेष्टइण्डिज र अष्टे्रलियाबीचको पाँचौं टेष्टको दोस्रो दिन एमसीजीमै बनेको रेकर्ड थियो ।
पर्थमा तेस्रो टेष्ट जितेर अष्ट्रेलियाले एशेजमा क

ब्जा जमाइसकेको छ । यसका बाबजुत आफ्नो टिमको हौसला बढाउन अष्ट्रेलियाली फ्यान कीर्तिमानी संख्यामा स्टेडियम पुगेका हुन् ।
स्थानीय समय अनुसार अपराहृन ४ बजेर १५ मिनेटमा स्टेडियममको स्कोरबोर्डमा विश्व रेकर्डको सन्देश दिइएको थियो । अष्ट्रेलियाली बलर रायन हृयारिसले भनेका छन्-’नब्बे हजारभन्दा बढी दर्शकको अगाडि खेल्नु स्टेडियममा फ्यानको आवाज अविश्वसनीय थियो ।’ पहिलो दिनको खेल सकिएपछि उनले भनेका छन्-यति धेरै मानिसहरुको अगाडि खेल्दा टोलीका सदस्य निकै उत्साहित थिए । स्टेडियमको कोलाहल अविश्वसनीय थियो ।

खासगरी अन्तिममा जब मिचेल जोनसन बलिङ गर्न आए ।’इंग्ल्याण्डका कप्तान इयान बेलले यति ठूलो भिडको अगाडि खेल्नु एक बिरल अनुभव भएको बताए । पहिलो दिनको खेल सकिँदासम्म इंग्ल्याण्डले ६ विकेटको क्षतिमा २ सय २६ रन बनाएको छ । केभिन पिटरसन ६७ रनमा अविजित छन् ।

One comment

  1. World Record…

Comment