Thursday , December 14 2017
Home / Nepal / क्रिकेट खेलाडीलाई जनही १० लाख दिन सिफारिस

क्रिकेट खेलाडीलाई जनही १० लाख दिन सिफारिस

56764नेपाल ट्वान्टी-ट्वान्टी विश्वकपमा छनौट भएकोमा खुसी व्यक्त गर्दै राष्ट्रिय खेलकुद परिषदले क्रिकेट खेलाडी र प्रशिक्षकलाई जनही १० लाख रुपैयाँ नगद पुरस्कारको व्यवस्था गर्न सरकार समक्ष सिफारिस गरेको छ । राखेपका सदस्य सचिव युवराज लामाले खेलाडीलाई जनही १० लाख रुपैयाँ दिनका लागि सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिनुभयो । नेपाली टोलीले टिम प्रतियोगिताको उच्च प्रतियोगितामा स्थान बनाउन सफल भएको यो नै पहिलो पटक हो,’ राखेपको विज्ञप्तिमा लामाले भन्नुभएको छ, यसका लागि नेपाली क्रिकेट टोली, प्रशिक्षक, संघ र क्रिकेट प्रेमीहरु बधाईका पात्र छन् ।

सिमित श्रोत र साधनका बावजुद पनि सिमित राष्ट्रहरुको मात्र पहुँच रहेको क्रिकेटको विश्वस्तरिय प्रतियोगितामा प्रवेश गर्नु भनेको खेलाडी, प्रशिक्षक र संघको बहादुरी रहेको परिषदको ठम्याई रहेको विज्ञप्तिमा उल्लेख छ । यसका साथै बंगलादेशमा आयोजना हुने विश्वकपमा पनि नेपाली टोलीले यस्तै गरिमामय सफलता हासिल गरोस भन्ने कामना समेत राखेपले गरेको छ ।युएईमा वुधबार भएको खेलमा हङकङलाई हराउँदै नेपाल विश्वकपका लागि छनौट भएको थियो ।

Comment