Friday , December 15 2017
Home / PaperPublished / क्रिकेटलाई तीन करोडको प्रायोजन – नागरिक दैनिक

क्रिकेटलाई तीन करोडको प्रायोजन – नागरिक दैनिक

सिंगापुरको कम्पनी सिंगा स्टिलले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वार्षिक १ करोड रुपैयाँ बराबरको प्रायोजन गर्ने भएको छ।
 
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष टंक आङबुहाङ र सिंगा स्टिलका प्रवन्ध निर्देशक साद खान ज्यानजुवाले आइतबार तीनवर्षे प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार सिंगाले क्यानलाई हरेक वर्ष १ करोड रुपैयाँबराबरको क्रिकेट किट्स उपलब्ध गराउनेछ।

नेपाली क्रिकेटले छोटो अवधिमा प्राप्त गरेको अन्तर्राष्ट्रिय सफलताका कारण प्रायोजन गरेको ज्यानजुवाले बताए। ज्यानजुवा सिंगापुरको राष्ट्रिय क्रिकेट टोलीको पूर्व कप्तान समेत हुन। ज्यानजुवाले भने, ‘नेपाली क्रिकेटले प्राप्त गरेको सफलता प्रशंसनीय छ।’

‘क्रिकेटप्रति नेपाली जनताको भावनाले जोसुकैलाई पनि प्रभावित गर्छ। बङलादेशमा हुने विश्व टवान्टी–२० क्रिकेटमा नेपालले राम्रो प्रर्दशन गर्ने विश्वास छ,’ उनले थपे।

सिंगा पाकिस्तानका कामरान अकमाल, युनिस खान, खालिद लतिफ, सजाद हुसेन, श्रीलंकाका चामिन्दा भास र वेस्ट इन्डिजका रवि रामपालको पनि किट्स प्रायोजन हो।

प्रायोजनले खेलको विकासमा सहयोग गर्ने राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले बताए। उनले भने, ‘प्रायोजकलाई धन्यावाद छ। महत्वपूर्ण क्षणमा भएको प्रायोजनले हामीलाई प्रेरणा मिल्नेछ।’

Comment