Thursday , December 14 2017
Home / Australia / क्यान्सर बारे जनचेतना कार्यक्रम हुने

क्यान्सर बारे जनचेतना कार्यक्रम हुने

सिड्नी/ नेप्लिज अस्ट्रेलियन एसोसियसन (एन ए ए) ले क्यान्सर रोग बारे नेपाली समुदयका प्रतिनिधिहरुलाई जानकारी दिन एक दिने कार्यशाला गर्ने भएको छ । यही मे ४ आइतवार सिड्नीको दक्षिण रकडेलमा रहेको सेन्ट जर्ज माइग्रेन्स रिसोर्स सेन्टरमा अपरान्ह २ देखि ४ बजे सम्म यो कार्यशाला संचालन हुने बताइएको छ । एसोसियसनले क्यान्सर काउन्सिल अस्ट्रेलिया संगको सहकार्यमा यो कार्यशाला संचालन गर्न लागेको अध्यक्ष श्री नापितले सिमापारीलाई जानकारी दिए ।

कार्यक्रममा महिला तथा पुरुषको विभिन्न अंगमा हुने क्यानसरको पहिचान, लक्षण र बच्ने उपायका बारेमा जानकारी दिने बताइएको छ । साथै क्यान्सर रोगको उपचारको लागि उपलब्ध सेवाहरुको बारेमा पनि सहभागिहरुलाई जनकारी दिइने छ । थप जनकारीलको लगि श्री नापितलाई ०४२१७९१४० मा सम्पर्क गर्न सकिन्छ ।

NAA cancer flyer

Comment