Monday , December 18 2017
Home / Australia / क्यानबेराका नेपालीहरुको पारिवारिक बनभोज

क्यानबेराका नेपालीहरुको पारिवारिक बनभोज

क्यानवेरा/ अस्ट्रेलियाको राजधानी क्यानवेरामा बसोवास गर्दै आएका नेपालीहरुले परिवारीक बनभोज कार्यक्रमा गरेका छन् । अस्ट्रेलिया नेपाल फ्रण्डसिप सोसाईटीको आयोजनामा डिसेम्बर २१ शनिवार क्याम्बामा रहेको एड्भेन्चर पार्कमा बनभोज आयोजना भएको हो । canbera family picnicबालबालिका र परिवारका सदस्यहरु समेत सहभागि यो कार्यक्रममा बिभिन्न खेलकुदका कार्यक्रमको साथै बार्वेक्यु पनि गरिएको सोसाइटीका अध्यक्ष डा डि डि काडेलले सिमापारी डटकमलाई बताए ।

यस्तै प्रौढहरु माझ भलिबल प्रतियोगिताको पनि आयोजना पनि गरिएको थियो । क्यनवेराको नेपाली समुदाय बीच एकता र मेलमिलाप बढाउने सोसाइटिले दशै तिहार जस्ता चाडपर्व र विभिन्न समामुदायिक जमघट नियमित रुपमा गर्ने गरेको सचिव विवेक पालिखेले जानकारी दिए ।1523325_251491731680013_1978117127_o

उक्त कार्यक्रममा गएका डिसेम्बर २७ देखि २९ सम्म सिड्नीमा आयोजना भएको अन्तर राज्यस्तरिय खेलकुद प्रतियोगिताका सहभागिहरुलाई सहयोग गर्न भनेर अर्थ संकलन पनि गरिएको थियो ।

Comment