Sunday , November 19 2017
Home / Entertainment / ‘कोहिनूर’ले दुई दिनमै दुई करोड कमायो

‘कोहिनूर’ले दुई दिनमै दुई करोड कमायो

दिवंगत अभिनेता तथा निर्माता श्रीकृष्‍ण श्रेष्ठको अभिनय र लगानी तथा निर्देशक आकाश अधिकारीद्धारा निर्देशित नेपाली चलचित्र ‘कोहिनूर’ ले दुई दिनमा २ करोडको व्‍यापार गरेको छ। राजधानीलगायत देशभरका हलहरुबाट शनिबार झण्डै एक करोड र आइतबार पनि करीब एक करोड गरी दुई दिनमा २ करोड जति रुपैँया उठिसकेको निर्देशक आकाश अधिकारीले अन्‍नपूर्णलाई बताए।get_img

निर्देशक अधिकारीले भने, ‘ यो अपेक्षा गरेभन्‍दा बढीको व्‍यापार हो। श्रीकृष्णप्रति दर्शकहरुको सम्‍मान र श्रद्धाञ्‍जली दुवैले कोहिनूरले यस्तो अपार सफलता पाएको हो।उनका अनुसार राजधानी लगायत देशभरको हलहरुबाट शनिबार ९७ लाखभन्दा बढी र आइतबार ९५ लाख भन्दा बढी कमाइ भएको छ। ‘कोहिनूर’को यो कमाइसँगै नेपाली चलचित्र क्षेत्रमा ऐतिहासिक रेकर्ड कायम गरेको छ।

उनका अनुसार ‘कोहिनूर’ नेपाली समाजमा भएको थार्थपरक सामाजिक घटनालाई जस्ताको त्यस्तै उठाएकाले सबै नेपालीहरुको मन जित्‍न सफल भएको छ। कोहिनूरमा नेपाली भाषाको साथै हिन्‍दी भाषाको संवाद समेत ४० प्रतिशत रहेकोले पनि चलचित्रलाई थप आकर्षक बनेको आकाशको भनाई छ। उनी भन्छन, त्‍यही कारण अहिले नेपाली सबै सिनेमा हलहरुमा अन्‍य नेपाली र हिन्दी दुवै चलचित्रलाई ‘कोहिनूर’ले विस्थापित गरेको छ।’ उनले भने, ‘ आइतबार मात्रै गोपीकृष्ण मुभिजमा पाँच वटा शो को टिकट बिक्री भइसकेको छ भने मल्टिफ्लेक्स सिनेमाहरुमा समेत यसको माग बढेर बएको छ।’ उनले थपे, ‘ नायक तथा निर्माता श्रीकृष्णको असामयिक निधनले गर्दा श्रीकृष्णको सम्‍मान र श्रद्धाञ्‍जली स्वरुप व्यापारमा प्रभाव पारेको हुनुपर्छ।’

यता, काठमाडौं उपत्यका वितरक सुनिल मानन्धरले भने ‘कोहिनूर’ चलचित्र काठमाडौं उपत्‍यकाको सबै हलहरु हाउसपुल भएको अन्‍नपूर्णलाई जानकारी दिए। उनका अनुसार उपत्‍यकाका १७ वटै हलहरुमा कोहिनूरको दर्शककहरु आएका छन्। उनले गोपी कृष्ण मुभिमा पाँच शो, गुण सिनेमा ग्‍वार्कोमा चार शो, अष्टनारायण सिनेमा बालाजुमा तीन शो, कलंकीमा रहेको चलचित्र हलमा तीन शो, ललित चलचित्र हलमा दुई शो, हिरारत्‍न चलचित्र हल कालोपुलमा दुई शो को टिकट बिक्रि भइसकेको बताए। उनका अनुसार ‘कोहिनूर’ हेर्नेमा धेरै महिला र बालबालिका रहेका छन्।

साउन २३ गते शुक्रबारदेखि देशभरका हलहरुमा प्रदर्शनमा रहेको आकाश अधिकारीको निर्देशन गरेको ‘कोहिनूर’ले भोलिपल्‍टै २४ गते शनिबार २४ लाखको मात्रै कमाइ गरेको थियो। तर अहिलेसम्म‍ ४ करोड ४१ लाखको व्‍यापार ‘कोहिनूर’ले गरिसकेको छ। भारतको नयाँदिल्‍लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका अभिनेता श्रीकृष्ण श्रेष्ठको साउन  २५ गते आइतबार राति निधन भएको  थियो।

 

Comment