Saturday , December 16 2017
Home / Prawas / कोरियामा नेपाली मृत भेटिए

कोरियामा नेपाली मृत भेटिए

सोल/कोरियामा एक नेपालीको मृत्यु भएको छ । राजधानी सोलबाट ३३ किमी टाढा पर्ने योङगीन शहर नजिकै कार्यरत पोखरा १५ का चन्द्रबहादुर कुँवरको मृत्यु भएको हो । ४० बर्षीय कुँवर बेगबोङ नामक बंगुर र्फममा कार्यरत थिए । त्यहाँ अरु एकजना नेपाली कार्यरत छन् । योङगीन प्रहरीले सोलस्थित नेपाली दूताबासलाई लेखेको पत्रमा मंगलबार राति ८.५० बजे उनी आफ्नै कोठामा मृत अवस्थामा भेटिएको उल्लेख गरिएको छ ।

पोस्टमार्टमका लागि अस्पतालमा शव पठाईको पनि पत्रमा जनाइएको छ । ईपीएसमार्फत ९ महिनाअघि आएका कुँवर अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको र्फम कार्यरत कामदारले बताए । उनको मृत्युबारे दूताबासले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छ । मृतकको श्रीमती र छोरा छोरी छन् । घटनाको बिस्तृत जानकारी लिन श्रम सहचारी अनिलकुमार गुरुङ बिहीबार त्यहाँ जाने भएका छन् ।

 

Comment