Saturday , December 16 2017
Home / Featured News / कोइराला प्रधानमन्त्री हुने पक्का

कोइराला प्रधानमन्त्री हुने पक्का

नेपाली कांग्रेसका सभापति सुशील कोइराला नयाँ प्रधानमन्त्री हुने निश्चित भएको छ । नेकपा एमालेसँग सातबुँदे सहमतिसँगै कांग्रेस संसदीय दलका नेता समेत रहेका कोइरालाले प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गरको छन् । कोइरालाको प्रस्तावक पार्टीका उपसभापति रामचन्द्र पौडेल छन् भने एमाले संसदीय दलका नेता केपी शर्मा ओली समर्थक रहेका छन् ।

संसद सचिवालयका अनुसार प्रधानमन्त्रीका लागि कोइरालाको मात्र उम्मेदवारी परेको छ । संसदको सोमबार विहान ११ बजे बस्ने बैठकमा कोइरालाको उम्मेदवारीमा मतदान हुनेछ । प्रधानमन्त्रीमा निर्वाचित हुन कोइरालालाई हालका कुल सदस्य ५ सय ६९ सदस्यमा २ सय ८५ मत चाहिन्छ । कांग्रेसका १ सय ९४ मत छ भने एमालेको १ सय ७३ मत छ, जुन कोइरालालाई प्रधानमन्त्री बनाउन पर्याप्त छ ।

प्रधानमन्त्रीमा उम्मेदवारी दिएपछि कोइरालाले ६ महिनाभित्र लोकतान्त्रिक संविधानको मस्यौदा ल्याउने र एक वर्षमा संविधान जारी गर्ने प्रतिवद्धता जनाए । कांग्रेस र एमाले मिलेर अघि बढ्ने भन्दै उनले एकीकृत नेकपा माओवादीले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले भने ‘६ महिनाभित्र मस्यौदा तयमरी गरी एक वर्षभित्र संविधान बनाउने हाम्रो प्रतिवद्धता छ । त्यसलाई पूरा गरेर छाड्छु ।’ उनले शुसाशन र भ्रष्टाचारमुक्त सरकार बनाउने भन्दै वेरोजगार अन्त्य विकास निर्माण, जलश्रोतका लगानी वृद्धि जस्ता काम गर्ने बताए ।

 

Comment