Tuesday , December 12 2017
Home / Featured News / कोइरालालाई एनआरएनको बधाइ; सरकारसंग हातेमाले गर्दै अघि बढ्ने

कोइरालालाई एनआरएनको बधाइ; सरकारसंग हातेमाले गर्दै अघि बढ्ने

नेपालको प्रधानमन्त्रीमा निर्वाचित नेपाली कांग्रेसका सभापति सुशील कोइराललाई गैरआवासीय नेपाली संघले हार्दिक बधाई दिंदै कार्यकाल सफलताका लागि शुभकामना ब्यक्त गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले सोमबार बिज्ञप्तिमार्फत् कोइरालालाई बधाई तथा शुभकामना दिनुभएको हो ।NRN

बिज्ञप्तिमा घलेले भन्नुभएको छ “संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीको गरिमामय पदमा निर्वाचित हुनु भएकोमा म व्यक्तिगत तथा गैरआवासीय नेपाली संघको तर्फबाट हादिर्क बधाई ज्ञापन गर्दछु । सवै जाति, वर्ग, क्षेत्र र समुदायलाई समेटेर दलगत स्वार्थभन्दा माथि उठी लोकतान्त्रिक संविधान निर्माण गर्ने अत्यन्त चूनौतिपूर्ण तथा महत्वपूर्ण क्षणमा प्रधानमन्त्रीको गरिमामय पदमा यहाँ जस्तो नेपाली जनताको सेवा र राष्ट्रियताको सम्बद्र्धनमा जीवन अर्पर्ण गरेको व्यक्तित्व निर्वाचित हुनु भएकोले हामीलाई हर्षित तुल्याएकोछ । सहकार्य र एकताबाट मात्रै सर्वमान्य संविधान निर्माण हुने संघको धारणा रहेको छ ।’

बिज्ञप्तिमा घलेले थप्नुभएको छ -यहाको कुशल नेतृत्वमा देश विदेशमा रहेका सबै नेपालीहरुका लोकतान्त्रिक, शान्त, समतामूलक र समृद्ध नेपाल बनाउने साझा सपना साकार हुनेछ भन्ने हामीले विश्वास लिएका छौं । यहाँको कार्यकालमा मुलुकले एक बर्षभित्र संविधान निर्माण प्रकृया सम्पन्न गरी राजनीतिक स्थायित्वको प्रकृया शूरु होस् भनी शुभकामना ब्यक्त गर्दछौं । अब बन्ने संबिधानले गैरआवासीय नेपालीहरुले उठाउँदै आएका नेपाली नागरिकताको निरन्तरतालाई संवोधन गर्ने हामीले विश्वास लिएका छौं ।
गैरआवासीय नेपाली संघले विश्वभरी छरिएर रहेका नेपालीहरुलाई एकिकृत गर्दै नेपालको सामाजिक र आर्थिक रुपान्तरणमा आङ्खनो भूमिकाको खोजिगर्न उत्प्रेरित गर्दै आएको उल्लेख गर्दै घलेले यस कार्यमा प्रधानमन्त्रीज्यूको मार्गदर्शनको अपेक्षा गरेको बताउनुभएको छ । मुलुकको समुन्नती र आत्मसम्मान बढाउने कार्यमा सबै गैरआवासीय नेपालीहरुबाट र विशेष गरी संघको तर्फबाट यहाँलाई पूर्ण सहयोग हुने विश्वास समेत व्यक्त गर्न चाहन्छौं ।- उहाँले भन्नुभएको छ ।

Comment