Friday , December 15 2017
Home / Australia / केभिन रडद्धारा सन्यास

केभिन रडद्धारा सन्यास

643827-kevin-ruddअष्ट्रेलियाका पूर्व प्रधानमन्त्री तथा लेभर पार्टीका नेता केविन रडले राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । गएको हप्ता अष्ट्रेलियन संसदमा बोल्दै अफू कसैलाई दोष नदिने र स्वविवेकले राजिनामा दिन लागेको बताएका थिए । अष्ट्रेलियाको २ पटक सम्म प्रधानमन्त्री भएका रडले श्रीमती र नाति नातिना संग समय विताउने परिवारका लागि भन्दै राजीनामा गरेको उल्लेख गरेका छन् ।

क्विन्सल्याण राज्यकमा एक किसान परिवारमा जन्मिएका रड पहिलो पटक २००७ मा प्रधानमन्त्री हुंद स्थानिय आदिवासी स्टोलन जेनेरेसन माथि विगतमा राज्यले गरेको अन्यायको प्रायश्चित गर्दै सरी भने पछि निकै पपुलर भएका थिए । संसदमा राजिनामा पढ्दै गर्दा निकै भाबुव भएर आशु झारेका रडले लेवर पार्टीको भविष्य प्रति चिन्ता ब्यक्त गर्दै बर्तमान नेतृत्वले आगामि चुनावबाट पार्टीलाई पुन सत्तामा लैजाने विश्वास ब्यक्त गरे ।

313804-teary-kevin-rudd-resignsराजनीतिमा आउनु अघि रडले कुटनीपतज्ञ भएर अष्ट्रेलियाको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघमा काम समेत गरेका थिए । त्यस अघि उनी स्थानिय होटलमा सेफको काम गर्थे । मुलधारको राजनीतिबाट सन्यास लिएपनि पार्टी लाई संधै माया गर्ने र सम्पर्कमा उनले रहने बताएका थिए ।

 

One comment

  1. My favorite prim minister, I wish all the best ahead and hope he will join politics again.

Comment