Tuesday , December 12 2017
Home / Featured News / केपी ओली एमाले संसदीय दलको नेता

केपी ओली एमाले संसदीय दलको नेता

नेकपा एमालेको संसदीय दलको नेतामा केपी शर्मा ओली निर्वाचित हुनुभएको छ । ओलीले ९८ मत प्राप्त गर्नुभएको छ भने अध्यक्ष खनालको पक्षमा ७५ मत मात्रै परेको छ । ओलीले २३ मत बढीले चुनाव जित्नुभएको हो । सहमतिमा नेता चयन गर्ने केन्द्रीय समितिको  प्रयास असफल भएपछि अध्यक्ष झलनाथ खनाल र केपी ओली संसदीय नेताको दलका लागि प्रतिष्पर्धामा उत्रिनुभएको थियो ।jhalnath khanal and kp oli_20110131094838

एकसय ७५ सिटमध्ये वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमले दुईदुई ठाउँमा जितेका कारण १ सय ७३ जनाले भोट दिएका थिए ।  एमालेमा पहिलो पटक संसदीय दलको नेताको लागि चुनाव हुनुका साथै पहिलो पटक पार्टी अध्यक्ष संसदीय दलको नेता हुनबाट बन्चित भएका छन् । ओलीको प्रस्तावकमा बामदेव गौतम र समर्थक विष्णु पौडेल र खनालको प्रस्तावकमा माधव नेपाल र समर्थकमा अष्टलक्ष्मी शाक्य हुनुहुन्थ्यो ।

संसदीय दलको नेतामा दावी गर्दै आएका अध्यक्ष झलनाथ खनाल र अर्का नेता केपी शर्मा ओलीले सहमति भन्दा पनि गुटगत भेलालाई प्राथमिकता दिएका नेताहरुले बताएका छन् ।

Comment