Wednesday , November 14 2018
Home / Featured News / कार्टर नेपाल आउंदै निर्वाचन अवधिभर पर्यवेक्षण गर्ने

कार्टर नेपाल आउंदै निर्वाचन अवधिभर पर्यवेक्षण गर्ने

JIMmy  carterकार्टर सेन्टरका अध्यक्ष तथा अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टर संविधानसभा निर्वाचनको पर्यवेक्षणका लागि शनिबार राजधानी आइपुग्ने भएका छन् । ६ दिने नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामवरण यादव, मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलगायतलाई भेट्ने कार्यक्रम छ । सेन्टरका ५२ जना अल्पकालीन पर्यवेक्षक बुधबार आइपुगेका छन् । पर्यवेक्षणसम्बन्धी अभिमुखीकरणपछि उनीहरू अर्को साता विभिन्न स्थानमा खटिनेछन् ।

अघिल्लो निर्वाचनदेखि नै सेन्टरले नेपालमा कार्यालय खोलको हो । उसले यसअघि १२ जना दीर्घकालीन पर्यवेक्षक परिचालन गरिसकेको छ । उनीहरूको मुख्य काम सुरक्षास्थिति र चुनावी माहोलबारे अवलोकन गर्नु नै हुनेछ, ती अधिकारीले भने, त्यसबाहेक उनीहरूले सञ्चार माध्यम, राजनीतिक दल र नागरिक समाजका व्यक्तिसँग भेटघाट गरी आवश्यक जानकारी लिनेछन् ।

Comment