Monday , December 18 2017
Home / Article / काठामाण्डौमा सजीको एकल कविता वाचन

काठामाण्डौमा सजीको एकल कविता वाचन

SONY DSCकाठामाण्डौ/ अस्ट्रेलियको सिड्नीमा बस्दै आएका कवि निस्प्रभ सजीको एकल कविता वाचन कार्यक्रम काठामाण्डौमा सम्पन्न भएको छ । शारंस नेपालको आयोजनामा राजधानीमा कवि निष्प्रभ सजीको एकल कविता वाचन सम्पन्न भयो । निष्प्रभ सजी विथ हिज पोयट्री नाम दिइएको एकल कविता वाचन कार्यक्रममा सजीले बीस वटा कविता सुनाएका थिए ।  आमा र गण्डकीको किनार, गाउँसँगको संवाद ट्रेनभित्र, हामी अडियौँ— पानी बगिरह्यो जस्ता कविता र बिच बिचमा  गीत र गजल पनि वाचन गरिएको थियो ।
आयोजकको तर्फबाट श्रीओम रोदनले कविलाई माला लगाएर स्वागत गरेका थिए भने प्रतिक ढकालले वाचन गरिएका कविताहरुमाथि समिक्षा गरेका थिए । कार्यक्रममा कवि तीर्थ श्रैष्ठ, मुकुन्दशरण उपाध्याय, नवराज कार्की, किशोर पहाडी, जय छाङ्छा लगायतका ब्यक्तिहरूको सहभागिता थियो । निष्प्रभ सजीको यस अगाडि भूपरिवेष्टित खुट्टाहरू र इजलासमा लाहुरे फूल नामक दुई कविता कृति प्रकाशित भईसकेका छन् । 

Comment