Saturday , December 16 2017
Home / Blog / काठामाण्डौमा माओवादीको जमानत जफत

काठामाण्डौमा माओवादीको जमानत जफत

maoistएमाओवादीका दुई उम्मेदवारको काठमाण्डौमा जमानत जफत भएको छ ।

बाबुराम भट्टराई सरकारको पालामा महान्यायाधिवक्ता रहेका मुक्तिनारायण प्रधानको काठमाण्डौ क्षेत्र नम्बर ८ मा जमानत जफत भएको छ ।

त्यसैगरी क्षेत्र नम्बर ५ बाट एमाओवादी उम्मेदवार महेन्द्रकुमार श्रेष्ठको पनि जमानत जफत भएको छ ।

क्षेत्र नम्बर ८ मा ३४ हजार २ सय ८३ मतमा प्रधानले जम्मा २ हजार ७ सय ६५ ल्याएका छन् भने ५ नम्बर क्षेत्रमा ४१ हजार ९ सय ३८ कुल सदर मत मध्ये श्रेष्ठले ३ हजार ६ सय ५५ मत ल्याएका छन ।

निर्वाचनमा जमानत बचाउन प्रत्येक्ष तर्फका उम्मेदवारले खसेको कुल मतको कम्तीमा १० प्रतिशत मत ल्याउृनु पर्छ । एमाओवादीका देबेन्द्र पौडेलले काठमाण्डौ ९ मा मुस्कीलले जमानत बचाएका छन् ।

Comment