Wednesday , December 13 2017
Home / Featured News / काठमाडौं, कैलाली र चितवनमा कांग्रेस, बर्दियामा एमाले बिजयी

काठमाडौं, कैलाली र चितवनमा कांग्रेस, बर्दियामा एमाले बिजयी

imagesसंविधानसभाको उपनिर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दिपक प्रसाद कुइँकेल विजयी भएका छन्। उनले १४ हजार १ सय ६६ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले १० हजार १ सय १७ मत पाए। त्यस्तै एमाओवादीका लीलामणि पोखरेलले ३ हजार ५ सय ५६ मत पाए।
चितवनमा कांग्रेसका रामकृष्ण घिमिरे
८ असारमा सम्पन्न संविधानसभा सदस्य उपनिर्वाचनमा चितवन–४ बाट नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण घिमिरे २० हजार ३१८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी दिलकुमारी रावलले १७ हजार २७२ मत प्राप्त गरेकी छन् । त्यसैगरी एमाओवादीका खुशीराम पाख्रिनले ७ हजार ८ ५५ मत पाए । ४ मंसीरमा सम्पन्न निर्वाचनमा कांग्रेस सभापति सुशील कोइराला चितवन–४ र बाँके–३ बाट विजयी भएकोमा चितवन–४ छोडेपछि उक्त स्थानमा पुनः उपनिर्वाचन भएको हो ।
कैलालीमा कांग्रेसका पुष्करनाथ ओझा
उप–निर्वाचनमा कैलाली–६ बाट कांग्रेसका पुष्करनाथ ओझा विजयी भएका छन् । ओझाले १४ हजार ७८४ मत पाएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महेश्वर पाठकले ११ हजार ९५९ मत पाएका छन् । ४ मंसीरमा सम्पन्न निर्वाचनमा यसक्षेत्रबाट कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा १६ हजार ४८९ मत प्राप्त गरी विजयी भएका थिए भने पाठकले ८ हजार ५६३ मत पाएका थिए । उप–निर्वाचनमा कैलाली–६ बाट १५ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।
बर्दियामा एमालेका श्याम ढकाल
बर्दिया क्षेत्र नम्बर १ मा नेकपा एमालेका श्यामप्रसाद ढकाल १६ हजार ९९६ मत प्राप्त गरी बिजयी भएका छन्। उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका सोदे बिष्टले ११ हजार ३३५ मत प्राप्त गरेका छन् । यसअघि मंसीरमा भएको संविधानसभा निर्वाचनमा बर्दिया १ बाट गृहमन्त्री एवं एमाले उपाध्यक्ष बामदेव गौतम १८ हजार ३४७ मत प्राप्त गरी विजयी भएका थिए। उपनिर्वाचनमा बर्दिया १ बाट ११ दल र १ स्वतन्त्र गरी १२ जना चुनावी प्रतिस्पर्धामा थिए।

Comment