Wednesday , December 13 2017
Home / Featured News / कांग्रेस संसदीय दलको नेतामा सुशील कोइराला

कांग्रेस संसदीय दलको नेतामा सुशील कोइराला

संसदीय दलको नेतामा कांग्रेस सभापति सुशील कोइराला निर्वाचित भएका छन्। दलको नेताको चुनाव जितेसँगै उनलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।sushil_koirala_20130701124353

आइतबार भएको निर्वाचनमा वरिष्ठ नेता शेरबहादुर देउवालाई १६ मतअन्तरले पराजित गर्दै सभापति कोइराला संसदीय दलको नेता बनेका हुन् । १ सय ९४ मतदाता रहेको संसदीय दलको चुनावमा कोइरालाले १ सय ५ मत पाएका छन् भने देउवाले ८९ मत पाएका छन् । १२ औं महाधिवेशनमा सभापतिको चुनावमा पनि देउवा कोइरालासँगै पराजित भएका थिए ।

संसदीय दलको नेतामा दावी गर्दै आएका उपसभापति रामचन्द्र पौडेलले कार्यवाहक सभापति दिने सहमतिसँगै सभापति कोइरालालाई समर्थन गरेका छन् । पौडेलको समर्थनले कोइरालाको अवस्था बलियो भएको थियो ।

Comment