Saturday , December 16 2017
Home / Australia / काँग्रेस अष्ट्रेलियालका अध्यक्षले आर्थिक अनियमितता गरेको आरोप (दुवै पक्षको बिज्ञप्तिको पूर्णपाठ)

काँग्रेस अष्ट्रेलियालका अध्यक्षले आर्थिक अनियमितता गरेको आरोप (दुवै पक्षको बिज्ञप्तिको पूर्णपाठ)

नेपाली काँग्रेसको भातृ संगठन जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष खगेन्द्र सिटौला(सन्तोस)ले संगठनको २६ लाख रूपैयाँ अनियमितता गरेको आरोप लागेको छ । वर्तमान अध्यक्षले कार्यसमितिको अनुमति बिना यो रकम बैंकबाट निकालेर हिनामिना गरेको आरोप कार्यसमितिका सदस्यहरुले लगाएका हुन् ।images (1)

 वर्तमान कार्यसमितिका उपाध्यक्ष सुरेश गुरुङको हस्ताक्षर सहित प्रकासित बिज्ञप्तिमा संगठनको आदर्श र सिद्धान्त विपरित काम गरेको भन्दै वर्तमान अध्यक्ष सन्तोष सिटौलालाई पदबाट हटाइएको उल्लेख गरिएको छ । सम्पर्क समितिले सदस्यहरुबाट लिने शुल्क र सदस्यता नविकरणबाट रकम संकलन गर्ने गरेको छ । आफु अध्यक्ष भएको फाईदा उठाउँदै सिटौलाले २६ हजार ३ सय ५५ अष्ट्रेलियन डलर बैंकबाट निकालेको बताएका छन् । समितिको जानकारी बिना कोषाध्यक्षको कृते हस्ताक्षर गरी अनियमितता गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच सिटौलाले पनि विज्ञप्ति जारी गर्दै आफुले रकम हिनामिना नगरेको र किर्ते गरेर रकम ननिकालेको दाबी गरेका छन् । संविधान सभा चुनावमा नेपाली काग्रेस केन्द्रिय कार्यालयलाई १० लाख रुपैया पठाइएको र अन्य रकमको हिसाब गर्न बाँकी रहेको उल्लेख गरेका छन् । “अब केही दिनमै हामी सबै हिसाबको अडिट गरेर सबै रकमको हिसाबकिताब बुझाउने तयारीमा छौं ।” उनले भने । असन्तुष्ट साथीहरुले आफ्नो चरित्रहत्याको दुश्प्रयास गरेको भन्दै चाँडै तथ्य वाहिर आउने बताएका छन् ।

बिज्ञप्तिको पूर्णपाठ

santosh

आदरणिय पत्रकार साथीहरु
नमस्कार
जनसम्पर्क समिति अष्ट्रेलियालका अध्यक्ष खगेन्द्र सिटौला (सन्तोस) बाट २६ लाखको आर्थिक अनियमिता
नेपाली काँग्रेसको भातृ संगठनको रुपमा सन् १९ जुलाई २००८ मा अष्ट्रेलियाको संघ संस्था दर्ता प्रक्रिया अनुरुप दर्ता भई जनसम्पर्क समिति अष्ट्रेलियाले अष्ट्रेलियामा कार्य गर्दै आएको तपाईहरुलाई सर्बविदितै छ ।  जनसम्पर्क समिति अष्ट्रेलियालको दोश्रो अधिवेशनवाट निर्वाचित अध्यक्ष खगेन्द्र सिटौला (सन्तोस) ले संघठनको आर्दश, सिद्धान्त एवं मुल्य र मान्यता अनुरुप संस्थालाई अगाडी बढाउन नसकेको र संस्थाको खातामा रहेको सदस्यता बितरणको रकम मध्ये रु. २६ लाख भन्दा बढी रकम कार्य समितीको जानकारी बिना कोषाध्यक्षको कृते हस्ताक्षर गरी आफू खुःसी झिकेको देखिएकाले मिति १५ डिसेम्बर २०१३ मा बसेको कार्य समितीको बैठकले नीजलाई अध्यक्ष पद वाट निलम्बन गरेको जानकारी गराउँदछौं । तेस्रो अधिवेसनको लागि निर्वाचन कमिटिले कार्य गरि रहेका बर्तमान परिस्थितिमा सदस्यता नबिकरण र नयाँ सदस्यताका लागि परेको अवेदनमा काम कार्वाहि नसकिदै सदस्यता सुल्क बाट उठेको रकम बिना कुनै निर्णय अध्यक्ष जस्तो नेतृत्व तहको महत्वपूर्ण पदमा बसी दुरुपयोग गरेकोमा जनसम्पर्क समिति अष्ट्रेलियालको गम्भिर ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छौं । कार्य समितिको बैठकले संस्थाको हिसाव कितावको छानविन तथा जनसम्पर्क समितीका काम कारवाहीहरुलाई नियमित अगाडी बढाउन उपाध्यक्ष सुरेस गुरुङलाई कार्यवाहक अध्यक्ष तोकेको समेत जानकारी गराउदछौं ।
अष्ट्रेलियाको कानुन अनुसार तत्कालिन अध्यक्ष खगेन्द्र सिटौला संस्थाको आर्थीक हिनामीनामा मुछीएको देखिएकाले संस्था प्रति पत्रचार, सम्पर्क  र थप जानकारीका लागि कार्यवाहक अध्यक्ष सुरेस गुरुङ मार्फत गर्नुहुन बैठकले हार्दिक अनुरोध गरेको छ । साथै संस्थाका कोषाध्यक्ष अर्जुन केसी ले अध्यक्षवाट आफ्नो पनि कृते हस्ताक्षर गरी संस्थाको आर्थिक हिनामिना गरेको थाहा पाए पछि छानविन ताथ अनुसन्धनका लागि सजिलोहोस भनि  कार्य समितिमा राजिनामा समेत पेश गर्नु भएको छ ।
पुनश्चः १५ डिसेम्बर, २०१३ मा भएको कार्यसमितिको बैठकको माईनुट, संस्थाका तत्कालिन कोषाध्यक्षले दिनुभएको लिखित स्पष्टिकरण, सारंसमा सस्थाको बैंकमा भएको रकमको बिबरण आवस्यक परेमा संस्थाले उपलब्ध गराउने समेत जानकारी गराउदछौं । अन्त्यमा  संस्थाको उद्देश्य र गरिमालाई उच्च राख्न तपाईहरु सवै बाट सहयोग प्राप्त हुने छ भन्ने आशा राख्दै अष्ट्रेलियाको प्रचलित कानुन बमोजिम निजलाई कावाही प्रक्रिया अगाडी बढाएको हुनाले सबैबाट सहयोग हुने आषा लिएको छौं ।
sanotos
सुरेस गुरुङ
का. अध्यक्ष
जनसम्पर्क समिति अष्ट्रेलिया
मितिः १६ डिसेम्बर, २०१३

One comment

  1. यी दुवै समुह सिधा साधा नेपालीको चन्दामा रमाउने ठगहरु हुन् /

Comment