Wednesday , December 13 2017
Home / Australia / कस्तो देखियो सिड्नी हार्बर ब्रिजको फाएर वक्स (फोटो फिचर)

कस्तो देखियो सिड्नी हार्बर ब्रिजको फाएर वक्स (फोटो फिचर)

सिड्नी/ न्यू इयरमा अष्ट्रेलियाको सिड्नी स्थित हावर्ड ब्रिजको फाएरवक्स (आतासवाजी) सबैको आकर्षण बन्ने गर्छ । नर्थ र साउथ सिड्नी जोड्ने स्टिलले बनेको हावर्ड ब्रिज र वरपर न्यू ईयर इभको दिन राती नौ बजेदेखि नै फाएरवक्स शुरु हुन्छ । 816622-sydney-new-year-039-s-fireworksहावर्ड ब्रिजको फाएरवक्सको यो रमिता हेर्न १६ लाखभन्दा बढी मानिस यहाँ भेला भएका थिए । यो भिड्लाई ब्यवस्थित गर्न हजारौंको संख्यामा प्रहरी परिचालन गरिएको थियो । सिड्नी सिटिले फाएरवक्सका लागि पाँच हजार किलोग्रामभन्दा बढी बिस्फोटक पदार्थ जम्मा गरेको थियो । cn31-wide-fire1-20131231215633805586-620x349फाएरवक्सका लागि करिव पाँच मिलियन डलर खर्च हुने अनुमान काउन्सिलले गरेको छ । ५३ हजार टन तौल रहेको सिड्नीको हावर्ड ब्रिज विश्वकै सबैभन्दा ठूलो स्टिलको पुल मध्येमा पर्छ । अष्ट्रेलियामा पुरानो वर्षको विदाई र नयाँ वर्षलाई स्वागत गर्न हरेक वर्ष हावर्ड ब्रिजमा आतासवाजी गर्ने चलन रहेको छ । करिब १५ मिनेटजति हुने यो फाएरवक्सको रमिता हेर्न देश विदेशबाट पनि हजारौं पर्यटक अष्ट्रेलिया आउने गरेका छन् । 11661381745_d83d1b2a44_b

न्यू इयर इभका दिन सिड्नीको सार्वजनिक यातायत रेल र बस राती अबेरसम्म चलेका थिए । सिटीमा निशुल्क बस सेवा रातभरी नै संचालन गरिएको सिड्नी सिविडिले जनाएको छ । यो दिन र रात शहरका पव, रेष्टुरेष्ट, क्याफे र होटलहरु २४ घण्टा खुलेका थिए । लोकल काउन्सिलहरुले पनि आ–आफ्नो टाउनहलहरुमा लाईभ कन्सर्ट, बारबिक्यू र फुडफेस्टिबल जस्ता कार्यक्रम गरेर न्यू इयर मनाएका छन् ।फोटो साभारः एबिसि र अन्य एजेन्सीहरु glenmore-new-years-482x2985180488-3x2-700x467

Comment