Monday , December 18 2017
Home / Featured News / कस्तो छ नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल ?

कस्तो छ नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल ?

1163571338461f4e6c2b8db28df56503_Lसिंगल स्यामब्रिज प्रविधिमा आधारित नेपालकै सबैभन्दा लामो झोलुङ्गेपुलको सोमबार उद्घाटन गरिएको छ। तनहुँको क्यामिन ९, पाथ्रा र श्याम्घा–९ सेखाटार जोड्ने ३ सय ५५ मिटर लामो पुलको स्थानीय विकास मन्त्री विद्याधर मल्लिक र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदीशचन्द्र पोखरेलले उद्‌घाटन गरे।
स्थानीय विकास मन्त्रालय अन्तर्गतको सस्पेन्सन बिज्र डिभिजनको २ करोड ५६ लाख ६० हजार रुपैयाँको लागतमा निर्माण गरिएको पुलबाट तनहुँका क्यामिन, सतिश्वारा, रिस्ती श्याम्घा लगायतका करिब आधा दर्जन गाविस सहित कास्की र लमजुङ्गका केही गाविसका बासिन्दा लाभान्वित हुनेछन्।

मादी नदी माथी बनेको पुलले आवातजावतमा निकै सजिलो बनाएको श्याम्घा ६, माझबेशीका नर बहादुर वि.कले बताए । ‘पहिला सदरमुकाम जान डेढ घण्टा हिडेर बल्ल गाडी चढ्नु पथ्यो,’ उनले भने, ‘पुल बनेपछि १० मिनेटमा नै गाडी भेटाइने ठाउँमा आइ पुगिन्छ ।’ मादी नदी माथी पुल निर्माण भएपछि गाउँलेलाई राहत मिलेको उनले बताए ।

मादी नदीमाथी पुल निर्माण भएपछि त्यसभेग आसपासका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न संगै अन्य कामकाजका लागि समेत सजिलो भएको स्थानीय बासिन्दाले बताए । ३ सय ५५ मिटर लामो पुलको भार क्षमताका लागि नदीका दुई किनारमा ३५.५ मिटर उचाईको टावर निर्माण गरिएको पुलका ठेकदार महेन्द्र अधिकारीले बताए ।

स्रोत नागरिक न्युज

Comment